शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जगदम्बा सिमेन्टको नयाँ काम : ‘हाम्रो घर’ मोबाइल एप सार्वजनिक

बुधबार, २८ भदौ २०७४, १५ : ०५
बुधबार, २८ भदौ २०७४

काठमाडौं–जगदम्बा सिमेन्टले घर निमार्ण सम्वन्धी सम्पूर्ण जानकारी उपलब्ध हुने ‘हाम्रो घर’ मोवाईल एप सार्वजनिक गरेको छ । जगदम्बाले बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो मोवाइल एप सार्वजनिक गरेको हो । 
प्रविधीको प्रयोगवाट जनमानसको जीवनस्तर सहज र समृद्ध बनाउने उद्देश्यले जगदम्बा सिमेन्टले मोवाइल एप सुरु गरेको जनाएको छ । जगदम्बाले सिमेन्ट उद्योगको इतिहासमै पहिलो पटक निमार्ण सम्वन्धी जानकारी गराउने यो एप सुरु गरेको हो । यो एप घर निमार्ण समवन्धी कार्य गर्ने इन्जिनियर, कन्ट्रयाक्टर, डिलर, मेसन लगायत सवै उपभोक्तालाई उपयोगी भएको जगदम्बा सिमेन्टका कार्यकारी निर्देशक अजय जाटियाले बताए । 
‘यो मोवाइल एप निमार्णसँग सम्वन्धित सवै क्षेत्रका मानिस र उपभोक्तालाई उपयोगी हुनेछ’, जाटियाले पत्रकार सम्मेलनमा भने, ‘मोवाइल एपमा कन्ट्रक्सन मेटिरियल सर्च, सिमेन्ट क्वालिटी, भूकम्प सम्वन्धी सुरक्षा, जगदम्बा सिमेन्टको इतिहासदेखि सिमेन्ट खरिद गर्न चाहानेका लागि आधिकारिक विक्रेताका बिषयमा समेत जानकारी प्रदान हुनेछ ।’ 
यसका साथै, घर निमार्णका लागि लाग्ने आवश्यक सिमेन्ट, रोडा, गिटी, इटा र लागत खर्चको पनि जानकारी उपलब्ध हुने जनाइएको छ । 


जगदम्बा सिमेन्टका म्यानेजिङ डिरेक्टर विष्णु न्यौपानेले नयाँ कामका थालनी भएको र आगामी दिनमा यसलाई अझ परिष्कृत गर्दै लैजाने जानकारी दिए । ‘अहिले जगदम्बा सिमेन्टले जुन एप सार्वजनिक गरेको छ, यसवाट निमार्ण क्षेत्रसँग सम्वन्ध राख्ने व्यक्तिले अधिकतम जानकारी लिन सक्नेछन्’, उनले भने, ‘यसलाई थप परिष्कृत गर्दै अन्य थुप्रै जानकारी पनि एपमा उपलब्ध गराउने योजना बनाएका छौं ।’
यस्तै, जगदम्बा सिमेन्टका मार्केटिङ म्यानेजर जगतनाथ दाहालले यो एपवाट घर निमार्णमा चाहिने सवै जानकारी लिन, सिमेन्टको गुणस्तर, लागत, सिमेन्टको भारवहन क्षमता  उपभोक्तालाई जगदम्बाको बारे थप वुझ्न सहज हुने बताए । 
उनका अनुसार यो एप एनड्रोइड फोनको प्ले स्टोरवाट डाउनलोड गर्न सकिन्छ । यस्तै चाडै एप स्टोरमा पनि उपलब्ध हुने दाहालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप