शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय रेल सेवाको सुधारमा मोदी आबे वार्ता

बुधबार, २८ भदौ २०७४, १५ : ४३
बुधबार, २८ भदौ २०७४

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका जापानी समकक्षी सिन्जो आबेबीच भारतको रेल सेवाको सुधारका क्षेत्रमा कुराकानी भएको छ । 

उनीहरुबीच भारतको रेल सेवाको विकास र विस्तारका बारेमा कुराकानी भएको जनाइएको छ । 

जापानी प्रधानमन्त्री आबे हाल भारतको औपचारिक भ्रमणमा छन् । उनीहरुबीच भारतीय राजधानी नयाँ दिल्लीमा बुधबार बिहान भेटवार्ता भएको थियो । 

भारतमा पनि द्रुत गतिमा चल्ने रेल सेवा ‘बुलेट ट्रेन’ को विस्तारमा जापान सरकारले सहयोग गर्ने भएको अधिकारीहरुले जनाएका छन् । 

भारतमा रेल सेवा पछिल्लो समयमा खतरनाक बन्दै गएको छ । धेरै भन्दा धेरै दुर्घटनाहरु यतिबेला रेलमार्गमा नै हुने गरेको बताइन्छ । 

भारतमा सबैभन्दा सहज र सस्तो पनि रेल सेवा नै हो । एक अध्ययनका अनुसार भारतमा रेलले मात्र एक दिनमा कम्तीमा पनि २ करोड २० लाख यात्रुलाई सेवा दिने गरेको छ । 

भारतको सरकारले सन् २०१२ मा प्रकाशन गरेको एक प्रतिवेदनअनुसार भारतमा हरेक वर्ष करिब १५ हजार नागरिकको रेल दुर्घटनामा परी ज्यान जाने गरेको थियो । 

बुलेट ट्रेन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो निर्वाचनको अभियानका समयमा अघि सारेको कार्यक्रम हो । उनले आफूले निर्वाचन जितेमा भारतमा बुलेट ट्रेन सेवा विस्तार गर्ने बताएका थिए । 

भारतीय रेल सेवा पुरानो र जीर्ण अवस्थामा पुगेको बताइन्छ । यो सेवा भारतमा बेलायती साम्राज्यकालीन समयमा विस्तार गरिएको हो । 

उनीहरुबीच बुधबार बिहान भएको भेटवार्तामा द्विपक्षीय आपसी सहयोगको अभिबृद्धिका साथै आर्थिक विकास र लगानीका क्षेत्रमा पनि कुराकानी भएको बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप