बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजार ओर्लियो, ६३ करोडको कारोवार

बुधबार, २८ भदौ २०७४, १५ : ५२
बुधबार, २८ भदौ २०७४

काठमाडौं । नेपालको सेयर बजार बुधबार पनि ९ अंकले घटेको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको बजार आज पनि घटेपछि १४९३.२० अंकमा बजार झरेको छ । 
एक सय ६० कम्पनीको १२ लाख ७७ हजार ५ सय ५४ कित्ता सेयर किनवेच भएको आज ६३ करोड ६९ लाख ८९ हजार ७१ रुपैयाँको कारोवार भएको छ । आज बैंकिङ, विकास बैंक, उत्पादनमुलक र ‘अन्य’ समूहको सूचक घटेका छन् भने होटल, जलविद्युत, फाइनान्स, र बीमा समूहको सूचक बढेका छन् । 

आज बैकिङ समूहको सूचक ११.२६ अंकले घटेको छ भने विकास बैंक समूहको सूचक २४.०५, उत्पादनमुलक समूहको सूचक २२.६३ र अन्य समुहको सूचक ६.०८ अंकले घटेका छन् ।

यस्तै, होटल समूहको सूचक १०.७४, जलविद्युत समूहको सूचक १२.४७, फाइनान्स समुहको सूचक ९.७१ र बीमा समूहको सूचक ८.९१ अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप