प्रधानमन्त्रीबाट आचारसंहिता उलंघन भएको छ, तर कारबाही गर्न मिल्दैनः प्रमुख निर्वाचन आयुक्त
काठमाडौं–प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले पनि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता उलंघन गरेको स्वीकार गरेका छन् ।
प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आचारसंहिता उलंघन गरेपनि प्रधानमन्त्रीलाई कार्वाही गर्न मिल्ने अवस्था भने नरहेको प्रतिक्रिया बताए ।
निर्वाचन आचारसंहिता विपरित प्रधानमन्त्री देउवाले मन्त्रीपरिषद विस्तार गरेकोमा सर्वत्र आलोचना भईरहेको छ । तर बुधबार राजधानीमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आचारसंहिता उलंघन गरेको विषयलाई लिएर आफू विवादमा आउन नचाहेको बताए ।
उनले निर्वाचन आचारसंहिता पालना गराउने निकाय आफैले उलंघन गर्नु हुन्न भन्ने मान्यतामा निर्वाचन आयोग रहेको भन्दै आयोगको सम्पूर्ण ध्यान निर्वाचनलाई सफल बनाउन केन्द्रित भएको बताए ।
प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आचारसंहिता उलंघन हुन नदिन आयोग सजग र सचेत रहेकोे भने बताए ।
उनले निर्वाचन आचारसंहिता व्यापक उलंघन भएको भन्ने भनाईमा सत्यता नरहेको दावी रे ।
प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आचारसहिता उलंंघन हुन नदिन आयोगले नियमनको कामलाई कडाइका साथ अघि बढाएको पनि उल्लेख गरे ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उलंघन हुन नदिन आयुक्तहरुकै नेतृत्वमा अनुगमन टोलीनै परिचालन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतको प्रश्नपछि पतञ्जलिले पत्रपत्रिकामा फेरि छाप्यो माफीनामा
-
१७औँ आईपीएलको ४०औँ खेल आज : लगातार दोस्रो पटक गुजरातलाई हराउने योजना बुन्दै दिल्ली
-
नेपाल र कतारबिच दुईपक्षीय वार्ता
-
सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
-
अनमोलको ‘फर्की फर्की’को धमाधम विदेश राइट बिक्री
-
स्टोइनिसले बनाए नयाँ कीर्तिमान