शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीबाट आचारसंहिता उलंघन भएको छ, तर कारबाही गर्न मिल्दैनः प्रमुख निर्वाचन आयुक्त

बुधबार, २८ भदौ २०७४, १६ : ५०
बुधबार, २८ भदौ २०७४

काठमाडौं–प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले पनि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता उलंघन गरेको स्वीकार गरेका छन् । 

प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आचारसंहिता उलंघन गरेपनि प्रधानमन्त्रीलाई कार्वाही गर्न मिल्ने अवस्था भने नरहेको प्रतिक्रिया बताए । 
निर्वाचन आचारसंहिता विपरित प्रधानमन्त्री देउवाले मन्त्रीपरिषद विस्तार गरेकोमा सर्वत्र आलोचना भईरहेको छ । तर बुधबार राजधानीमा आयोजित कार्यक्रममा  प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आचारसंहिता उलंघन गरेको विषयलाई लिएर आफू विवादमा आउन नचाहेको बताए । 
उनले  निर्वाचन आचारसंहिता पालना गराउने निकाय आफैले उलंघन गर्नु हुन्न भन्ने मान्यतामा निर्वाचन आयोग रहेको भन्दै  आयोगको सम्पूर्ण ध्यान निर्वाचनलाई सफल बनाउन केन्द्रित भएको बताए । 

प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आचारसंहिता उलंघन हुन नदिन आयोग सजग र सचेत रहेकोे  भने बताए । 
उनले निर्वाचन आचारसंहिता व्यापक उलंघन भएको भन्ने भनाईमा सत्यता नरहेको दावी रे । 
 प्रमुख निर्वाचन आयुक्त  यादवले निर्वाचन आचारसहिता उलंंघन हुन नदिन आयोगले नियमनको कामलाई कडाइका साथ अघि बढाएको पनि उल्लेख गरे । 

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उलंघन हुन नदिन आयुक्तहरुकै नेतृत्वमा अनुगमन टोलीनै परिचालन गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप