शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनकपुरमा एमालेमाथि खनिए कांग्रेस नेता, भने ‘एमाले संघीयता चाहँदैन’

बुधबार, २८ भदौ २०७४, १७ : ३०
बुधबार, २८ भदौ २०७४

धनुषा– नेपाली कांग्रेसका नेताहरु एमालेमाथि खनिएका छन् । उनीहरुले नेकपा एमाले संघीयता र गणतन्त्र विरोधी पार्टी भएको आरोप लगाउदै एमालेलाई जसरीपनि २ नम्बर प्रदेशमा पराजित गर्न र संघीयता बचाउन त्यस क्षेत्रका मतदातालाई आग्रह गरेका छन् । जनकपुरमा बुधबार भएको चुनावी सभालाई सम्बोधन गर्दै पार्टी सभापति शेरबहादुर देउवादेखि नेतृ लिला कोइरालासमेतले एमाले पार्टी गणतन्त्र र संघीयता विरोधी पार्टी भएको भन्दै एमालेलाई चुनावमा पराजय नगरे संघीयता नै गुम्नसक्ने खतरा रहेको बताएका हुन् । 
क्याम्पस चोकमा भएको चुनावी सभामा सभापति एव प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाले एमाले संघीयता विरोधी भएकै कारण संविधान संशोधनको विपक्षमा उभिएको दावी गरे । उनले भने,‘ यदि एमाले संघीयताको पक्षधर थियो भने उसले संविधान संशोधनको विरोध नै गर्ने थिएन, मधेसका जनतालाई अधिकार दिन विरोध गर्नु भनेको संघीयता र गणतन्त्र नचाहानु हो ।’ देउवाले एमाले राष्ट्रविरोधी दलका रुपमा चित्रित भएको पनि बताए । त्यस्तै अर्का नेता विमलेन्द्र निधीले एमालेका केही नेता चीनमा गएर संघीयता चाँहिदैन हटाइ दिनुपर्यो भनेर गुहार मागेको प्रमाण आफुसँग भएको दावी गरे । उनले भने ‘एमालेका नेता चीन पुगेर संघीयता हटाइदिन गुहार मागेको भेटिएको छ । त्यसैले एमाले संघीयता विरोधी हो भन्ने प्रश्ट भएको छ । त्यसकारण एमालेलाई आउन दिनुहुन्न’ एमालेमाथि निकै आक्रोश पोखेका निधीले संघीयता चाहने भए एमाले संविधान संशोधनको पक्षमा उभिने दावी समेत गरे । निधीले एमालेले पुर्व राजासँग मिलेर गणतन्त्र समाप्त पार्न खोजेको पनि आरोप लगाए । भने ‘एमालेले राजासँग मिलेर गणतन्त्र समाप्त पार्न खोज्दैछ । तपाइहरु होसियार रहनुस् ।’ 
अर्का नेता बालकृष्ण खाडले यसअघि राणा र पञ्चायती व्यवस्थाले कांग्रेस सिध्याउँन खोज्दा आफै सकिएको उदाहरण दिँदै अहिले एमाले पनि कांग्रेस सक्न लागेकाले अव उ आफै सकिने दावी गरे । 
कार्यक्रममा नेताहरु रामचन्द्र पौडेल, सीतादेवी यादव, शशांक कोइराला लगाएतले कांग्रेसले मात्रै गणतन्त्र र संघीयताको रक्षा गर्नसक्ने धारणा राखेका थिए । कांग्रेसले असोज २ मा हुने तेस्रो चरणको स्थानीय निर्वाचन केन्द्रीत चुनावी सभा २ नम्बर प्रदेशका विभिन्न जिल्लामा भदौ २७ बाट सुरु गर्दै आएको छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप