शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रकम हिनामिना गरेको भन्दै कारवाहीको लागि दूतावासमा उजुरी

बुधबार, ०३ भदौ २०७७, २२ : ५१
बुधबार, ०३ भदौ २०७७

युएई। गैर आवासीय नेपाल संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) युएईले गत साल सम्पन्न निर्वाचनको रकम हिनामिना गरेको आरोपमा निर्वाचन समिति संयोजक राजेश दर्शन अर्याललाई कारबाहीको लागि नेपाली दूतावासमा उजुरी दिएको छ। गत साल सेक्टेम्बरमा २०१९–२१ कार्यकालको लागि सम्पन्न भएको एनआरएनए (एनसीसी) युएईको निर्वाचन समितिका संयोजक राजेश दर्शन अर्यालले हिसाब किताब नबुझाई २ लाख २० हजार दिर्हाम अर्थात करिब (७१ लाख रुपैयाँ) भन्दा बढी पैसा लिएर सम्पर्कबिहिन भएको भन्दै एनआरएन युएईले नेपाली दूतावास आबुधावीमा उजुरी दिएका छन् । तत्कालीन अध्यक्ष रमेश श्रेष्ठलाई पनि संघले उक्त रकम हिनामिनामा संलग्न भएको आरोप लगाएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी युएईका अध्यक्ष प्रकाश कोइरला र महासचिव निश्चल दाहालको हस्ताक्षरित उक्त पत्रमा नेपाल सरकारका गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, समाज कल्याण मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई समेत बोधार्थ गरिएको छ। उजुरी पत्रमा पटक–पटक ताकेता गर्दा पनि निर्वाचन समितिका संयोजक अर्याल र तत्कालीन अध्यक्ष श्रेष्ठले वर्तमान कार्यसमितिलाई बकितम् हिसाब र कागजात नदिएको उल्लेख गरिएको छ।

संघले संयोजक अर्याललाई बारम्बार सम्पर्क गर्दा समेत भाका सार्ने र बिभिन्न बहानाबाजी गर्दै रकम दिन आनाकानी गरेकोले शंशकित भएको जनाइएको छ। अर्यालले गत अगष्ट २ तारिकमा सबै हिसाब र कागजात बुझाउने जवाफ दिए पनि उनी सम्पर्कमा छैनन्। विषेश स्रोतका अनुसार अर्याल अहिले नेपाल रहेको बुझिएको छ ।

गतसाल सेप्टेम्बरमा सम्पन्न अधिवेशनमा प्रति सदस्यता सदस्यता शुल्क ५० दिर्हाम बापत २ लाख २० हजार दिर्हामभन्दा बढी रकम संकलन भएको थियो।जसमध्ये एनआरएनए आईसीसीलाई ४४ हजार १ सय ५० दिर्हाम अर्थात करिब (१४ लाख रुपैयाँ) र कोभिड–१९ महामारीको सहयोग अन्तर्गत ३२ हजार अर्थात (१० लाख २५ हजार रुपैयाँ) प्राप्त भएको पत्रमा उल्लेख गरिएको छ।एनआरएनए एनसीसी युएईले नेपाल सरकारका समन्धित निकायलाई बोधार्थ सहित नेपाली दूतावासलाई पत्र लेख्दै गरीब श्रमिकहरुको पैसा अपचलन भएकोले उठाउन सहयोग गरिदिन अनुरोध गरेको छ ।

यता गैरआवासीय संघ एनआरएनए युएईका निवर्तमान अध्यक्ष एवं नेपाल एसोसियसन (एनए) का अध्यक्ष रमेश श्रेष्ठले उक्त आरोप तथ्यहिन भएको दाबी गरेका छन्।उनले आफुलाई यो बिषय (बिओडी) मा कुनैपनि जानकारी नगराइएको बताएका छन्।

संघ दुवईको स्थानीय निकाय (सिडिए) मा दर्ता भएकोले आफु स्थानीय कानुन अनुसार मात्र चल्ने बताए। जसअनुसार कुनैपनि व्यक्तिको नाममा रकम जम्मा गर्न नसक्ने उनको तर्क छ। उनले गत एक वर्षयता संघमा १ लाख ७० हजार दिर्हाम अर्थात (५५ लाख रुपियाँ) बिभिन्न शिर्षकमा खर्च भएको बताए। खर्च विवरण समय समयमा दुबईको स्थानीय निकायलाई बुझाउनुपर्ने उनले बताए।बिभिन्न इस्यु बनाएर एक अर्कामाथि लान्छना लगाउँदै जाने हो भने निटक भविष्यमा एनए र एनआरएनए फरक हुन सक्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप