शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री सारिकाको ‘मोहनी’सँगै थपियो परिचय

बुधबार, २८ भदौ २०७४, १८ : ५६
बुधबार, २८ भदौ २०७४

काठमाडौं – आधा दर्जन बढी चलचित्रकी अभिनेत्री सारिका घिमिरे गायिकाको रुपमा देखा परेकी छन् । उनले आफ्नो स्वर रहेको एल्बम  ‘मोहनी’ बुधबार राजधानीमा एक कार्यक्रम गर्दै सार्वजनिक गरेकी हुन् । 


बागबजार स्थित सिटिम्याक्स चलचित्र भवनमा आयोजित एक कार्यक्रममा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एंव संगीतकार शम्भुजित बाँस्कोटा, पत्रकार तथा गीतकार शान्तिप्रिय, गायिका संगीता राना, संगीतकार राजु सिंह, चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी, संगीतकार सन्तोष श्रेष्ठ, अर्जुन पोखरेल, गायिकाकी आमा रमा घिमिरेले  लगायतले एल्बम सामुहिक सार्वजनिक गरे । 


रमेश थापा मगरको शब्द तथा जीतेन लेप्चाको संगीत रहेको के देखेर माया लायौ, शान्तिप्रियको शब्द तथा दीपक शर्माको संगीत रहेको मुलको पानी, सारिका घिमिरेको शब्द तथा सारिकाकै संगीत रहेको छमछम, सारिका घिमिरे कै शब्द तथा डेनी निरौलाको संगीत रहेको सान्नानी बोलका चार गीत एल्वममा रहेका छन् । 
कार्यक्रममा ‘के देखेर माया लायौ’ बोलको गीत माथी बनेको भिडियो समेत सार्बजनिक गरिएको थियो । भिडियोमा गायिका आफैं मोडलको रुपमा देखीएकी छिन्, भने उनलाई पुष्पल खड्काले साथ दिएका छन् । जितेन लेप्चाको संगीत रहेको यस गीतलाई रमेश थापामगरले लेखेका हुन् । 


अभिनय क्षेत्रमा सक्रिय रहेकी घिमिरेको पहिलो प्रयासलाई अतिथि तथा पत्रकारहरुले खुलेर प्रशंसा गरेका थिए ।

– कार्यक्रममा संगीतकार शम्भुजित बाँस्कोटाले चलचित्र क्षेत्रमा जस्तै नेपाली सांगीतिक क्षेत्रमा पनि नयाँ इटा थप्दै जाने र सारिकाको भविष्य उज्ज्वल रहने बताए ।
– संगीतकार राजु सिंहले गायनमा भबिस्य खोज्न शुभकामना दिदा, निर्देशक÷कलाकार मोहन निरौला, संगीतकार अर्जुन पोखरेल, निर्देशक सुब्रत आचार्य लगायतले लोकार्पण भएको एल्बमकाको  सफलताका लागि शुभकामना दिए, भने संगीतकार सन्तोष श्रेष्ठले एल्बमको समिक्षा गरे ।
– आयोजक संस्था छायाँछबि क्रियशनका अध्यक्ष तथा पत्रकार शान्तिप्रियले सारिकाको अभिनयसँगै गायनमा पनि उचाई थपियोस भन्दै छायाँछवि क्रियशनले आगामी दिनमा चलचित्र निर्माण जानकारी गराए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप