समानुपातिकतर्फ भाग लिने ८८ दल, निवेदन फिर्ताको समय भोलिसम्म (सूचिसहित)
काठमाडौं– आगामी मंसिरमा हुने तय भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने ८८ दलले निवेदन दिएका छन् । निर्वाचन आयोगले भदौ २५ गतेदेखि भदौ २७ गतेसम्म समानुपातिक प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदन दिन आग्रह गर्दै सूचना प्रकाशित गरेको थियो ।
आयोगले समानुपातिक प्रणालीतर्फ भाग लिने निवेदन पेश गरेका ८८ राजनीतिक दललाई आफ्नो दलको तर्फबाट दल दर्ताको निवेदन फिर्ता लिनका लागि विहीबार विहान १० बजेदेखि बेलुका ५ बजेसम्मको समय दिएको छ ।
यसअघि निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भाग लिन निवेदन दिएका ९१ दललाई निर्वाचन चिन्ह प्रदान गरिसकेको छ । आयोगले स्थानीय तहको निर्वाचनमा पछिल्लो संसदमा प्रतिनिधित्व गरेका दलहरुलाई मात्रै दलगत मान्यता दिँदै पार्टीको चुनाव चिन्ह प्रदान गरेको थियो ।
संसद बाहिरका दललाई दलको मान्यतासमेत नदिएर स्वतन्त्र चिन्हमा लड्नुपर्ने भएपछि संसद बाहिर रहेका दलहरुले विरोध जनाएका अबको संघीय र प्रदेशको चुनावमा दलको चिन्ह प्रदान गरिएको हो ।
यी हुन् समानुपातिकतर्फ भाग लिन चाहेका दलहरु :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ