शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

समानुपातिकतर्फ भाग लिने ८८ दल, निवेदन फिर्ताको समय भोलिसम्म (सूचिसहित)

बुधबार, २८ भदौ २०७४, १९ : ३७
बुधबार, २८ भदौ २०७४

काठमाडौं– आगामी मंसिरमा हुने तय भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने ८८ दलले निवेदन दिएका छन् । निर्वाचन आयोगले भदौ २५ गतेदेखि भदौ २७ गतेसम्म समानुपातिक प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदन दिन आग्रह गर्दै सूचना प्रकाशित गरेको थियो ।  

आयोगले समानुपातिक प्रणालीतर्फ भाग लिने निवेदन पेश गरेका ८८ राजनीतिक दललाई आफ्नो दलको तर्फबाट दल दर्ताको निवेदन फिर्ता लिनका लागि विहीबार विहान १० बजेदेखि बेलुका ५ बजेसम्मको समय दिएको छ । 

यसअघि निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भाग लिन निवेदन दिएका ९१ दललाई निर्वाचन चिन्ह प्रदान गरिसकेको छ । आयोगले स्थानीय तहको निर्वाचनमा पछिल्लो संसदमा प्रतिनिधित्व गरेका दलहरुलाई मात्रै दलगत मान्यता दिँदै पार्टीको चुनाव चिन्ह प्रदान गरेको थियो ।

संसद बाहिरका दललाई दलको मान्यतासमेत नदिएर स्वतन्त्र चिन्हमा लड्नुपर्ने भएपछि संसद बाहिर रहेका दलहरुले विरोध जनाएका अबको संघीय र प्रदेशको चुनावमा दलको चिन्ह प्रदान गरिएको हो । 
 

यी हुन् समानुपातिकतर्फ भाग लिन चाहेका दलहरु :


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप