बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रमुख सात दलले गरे नौ उल्लङ्घन, आजित भयो निर्वाचन आयोग

बुधबार, २८ भदौ २०७४, २० : १२
बुधबार, २८ भदौ २०७४

काठमाडौं– सत्तारुढ तथा प्रमुख विपक्षी दलले सबैभन्दा बढी निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेपछि निर्वाचन आयोग नै आजित भएको छ ।

पटक पटक आचारसंहिता पालना गर्न सचेत गराउँदा पनि प्रमुख दलहरु नै अटेरी भएपछि आयोगले कारबाही गर्ने हिम्मत गरेको छ । आयोगले आचारसंहिता पालना गर्ने आग्रह गर्ने र पालना नगरिए कारबाही गर्ने भनी केवल चेतावनीयुक्त विज्ञप्ति बाजी गर्दै आएको छ ।

आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागिसमेत आयोगले आचारसंहिता लागू गरिसक्दा प्रमुख राजनीतिक दलहरुले यहि असोज २ गते हुन लागेको निर्वाचनका लागि आचारसंहिता पालना गरेका छैनन् ।

प्रमुख दलहरुलाई पटक पटक आग्रह गर्दा पनि अटेर गरेपछि निर्वाचन आयोगले प्रमुख सात राजनीतिक दललाई आचारसंहिता पालना गर्न गराउन छुट्टाछुट्टै पत्र पठाएको छ । 

आयोगले बुधबार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम नेपाल, नेपाल लोकतान्त्रिक फोरम र राष्ट्रिय जनता पार्टी नेपाललाई छुट्टाछुट्टै पत्र पठाई आचार संहिताको पूर्ण  पालना गर्न÷गराउन आग्रह गरेको आयोगले जनाएको छ । 

कुन कुन विषयमा आचारसंहिता उल्लङ्घन भए ? 

१) निर्वाचन प्रचार प्रसारको क्रममा तोकिएको संख्याभन्दा बढी गाडी प्रयोग भएको ।
२) गाडी, मोटरसाइकल, रिक्सा र साइकलको ¥यालीसहितको जुलस प्रदर्शन गरिएको ।
३) निर्वाचन प्रचारप्रसारमा निर्वाचन चिह्न अङ्कित टोपी, टिसर्ट, झोला, गम्छा, स्टिकर आदिको प्रयोग भएको ।
४) निर्वाचन प्रचारप्रसारका क्रममा बालबालिकाको प्रयोग गरिएको ।
५) ठूलो आवाजमा माइक बझाई चुनावी प्रचारप्रसार गरिएको ।
६) भित्ते लेखन गरिएको ।
७) तोकिएको आकारभन्दा ठूलो ब्यानर, फ्लेक्स प्रिन्ट, तूल आदिको प्रयोग भएको ।
८) सार्वजनिक स्थलहरुमा पोस्टर टाँस्ने गरिएको ।
९) तोकिएको भन्दा ठूला आकारका झण्डाहरू प्रयोग गरिएको ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप