बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पाको विद्युत समस्या समाधान गर्न तीन दिने अल्टिमेटम

बुधबार, २८ भदौ २०७४, २१ : १४
बुधबार, २८ भदौ २०७४

पाल्पा– संयुक्त विद्यार्थी संघर्ष समिति पाल्पाले जिल्लाको विद्युत अनियमितता रोक्न माग गर्दै तीन दिने अल्टीमेटम दिएको छ । विद्युतमा अनियमितता भएको भन्दै उनीहरुले आन्दोलनका कार्यक्रम सुरु गरेका छन् ।  

विद्यार्थी नेता राजकुमार पन्थीको नेतृत्वमा गएको विद्यार्थीहरुले पाल्पामा विद्युत आपूूर्तिमा भएको अनियमितता तथा चरम लापरवाही, विद्युत क्षेत्रीय कार्यालयदेखि जिल्लासम्मको आर्थिक चलखेल, कमिसन, कमसल उपकरण, अवैज्ञानिक वितरण प्रणाली, प्रशारण लाइन सेटिङ्गमा भएको चलखेल, न्यून भोल्टेज जस्ता कारणले दैनिक पचासौं पटक विद्युत आउने जाने गरेको ठहरसहित सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।  

लोडसेडिङ्ग मुक्त जिल्ला पाल्पामा यसरी गरिने अघोषित लोडसेडिङ्गले गर्दा आम सर्वसाधारण, व्यवसायी, विद्यार्थीलाई असहज परिस्थिति सिर्जना भएको विद्यार्थी नेता पन्थीले बताए । जसबाट परीक्षामा रहेका विद्यार्थीहरु प्रत्यक्ष मारमा परेका छन् । 

विद्युत आपूर्तिमा भएको पटक पटकको समस्याले जिल्लामा प्रत्यक्ष रुपमा खानेपानी उपभोक्ता, व्यवसायी, उद्योगीहरु समेत प्रत्यक्ष मारमा परी जनजीविकामा प्रभाव पारेको र ३ दिनभित्र समस्या समाधान नगरिए कडा संघर्षमा उत्रिने नेविसंघका केन्द्रीय सदस्य हरीबोल भट्टराईले बताए । 

ध्यानाकर्षण पत्रमा नेपाल विद्यार्थी संघका केस हरीबोल भट्टराई, माओवादी केन्द्र निकटको क्रान्तिकारीका जिल्ला अध्यक्ष पदम सोमै, अखिल छैठौंका जिल्ला अध्यक्ष पुरन पोख्रेल, नेपाल कम्यूनिष्ट पार्टी निकटको अखिल क्रान्तिकारीका संयोजक लंकबहादुर रानाले संयुक्त हस्ताक्षर गरेका छन् । 

ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारी, प्राधिकरण क्षेत्रीय र केन्द्रीय कार्यालयमा समेत बुझाएको विद्यार्थी संगठनले जनाएका छन् । ध्यानाकर्षण पत्र बुझ्दै पाल्पा वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले आफू पाल्पामा नयाँ भएको र पाल्पाको समस्या समाधानका लागि विशेष पहलकदमी लिएको बताए । पहाडी भूभाग र लामो दुरी भएकाले पाल्पाको विद्युत पानी परेपछि र हावाहुरी चल्दा विद्युत कटौती हुने गरेको श्रेष्ठले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप