प्रधानमन्त्रीबाटै यसरी भइरहेको छ निर्वाचन आचारसहिंताकाे ठाडो उल्लङघन
जनकपुर– निर्वाचन आयोगले निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित बनाउनका लागि आचारसहिंता सार्वजनिक गरेको छ । सो आचारसहिंता सरकारदेखि लिएर निजी तथा गैरसरकारी संघसंस्थालाई लाग्ने छ । सरकारकै निकाय निर्वाचन आयोगले जारी गरेको आचारसहिंता सरकारको नेतृत्वकर्ताबाट नै उल्लघन भइरहेको छ ।
नेपाली काँग्रेसका सभापतिसमेत रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवा यतिखेर पार्टीको चुनाव प्रचारमा दुई नम्बर प्रदेशमा निस्केका छन् । सप्तरीबाट शुरु गरिएको यात्रा ३० गते पर्सामा गएर टुंगिनेछ । प्रधानमन्त्री देउवाको सुरक्षाका लागि अगुवापछुवा हुन्छन्, त्यसको अलावा पार्टीका नेता तथा कार्यकर्ताहरु गाडी तथा मोटरसाइकल लिएर नारा लगाउँदै पछिपछि हिडेका हुन्छन् ।
उनका पछिपछि तथा कार्यक्रममा आउने पार्टीका कार्यकर्ता तथा नेताहरु ठूला ठूला झण्डा बोक्नुको साथै भेष्ट र टोपी लगाएर प्रचारप्रसार गरिरहेका हुन्छन्, त्यो पनि प्रधानमन्त्री देउवाको सामुन्नेमा । विहान ७ वजेदेखि साँझ ८ बजेसम्म जुलुस, सभा, र्याली, बैठक, भेला वा प्रचारप्रसारको कार्यक्रम गर्नुपर्ने निर्वाचन आचारसहिंताको २०७२ को ५ (क) को (१०) मा उल्लेख छ । त्यसलाई समेत प्रधानमन्त्री देउवाले उल्लङघन गरेका छन् ।
भदौ २७ गते धनुषाको ढल्कबरमा राती १० बजेसम्म कार्यक्रमको आयोजना गरेर प्रधानमन्त्री देउवा जनकपुर फर्केका थिए । निर्वाचन आचारसंहिताको अनुगमन गर्नेहरुसमेत कार्यक्रमको अवलोकन गर्छन् तर त्यसलाई रोक्ने वा सूचना दिने कुनै पनि कार्यक्रम गरेका छैनन् ।
प्रधानमन्त्री देउवा राती साढे दशबजे जनकपुर आएर सीताशरण होटलमा बसेका थिए । विहान ८ बजे महोत्तरीको जलेश्वरको कार्यक्रम सम्बोधन गर्न जानुपर्ने कार्यक्रम थियो । विहानै जानकी मन्दीरमा गएर पूजापाठ गर्ने कार्यक्रम पनि थियो । त्यसका लागि मन्दीरको पूजारीलाई पूजा सामाग्री तयार पार्न पनि भनेका थिए । तर उनी दुई वजेसम्म त्यही होटलमा बसेर पार्टीका नेता तथा कार्यकर्तासँग सोही होटलमा भेटघाट गरेका थिए । भित्र कार्यकर्ता तथा नेताहरुसँग छलफल गरिरहँदा पत्रकारलाई समेत भित्र जान दिएका थिएनन् ।
क्याम्पस चौकमा पार्टीद्वारा आयोजित चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम एक वजेका लागि तय भएको थियो तर प्रधानमन्त्री देउवा सवा दुईवजे मात्र आएका थिए । २ः२५ बजे शुरु भएको कार्यक्रम ४ः५० मिनेटमा सकेको थियो । कार्यक्रम सकिने वित्तिकै प्रधानमन्त्री देउवा महोत्तरीको बर्दिवासमा हुने कार्यक्रममा सहभागिलाई उताका लागि प्रस्थान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चर्चामा अडियोमा आधारित नयाँ सामाजिक सञ्जाल ‘एयरच्याट’
-
आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान
-
मोडल लक्ष्मण भण्डारीले गरे प्रेमिका गीतासँग विवाह
-
अभिनेताले भने, ‘कबीर सिंह’ गरेर पछुतो छ, निर्देशकले दिए चलचित्रबाट अनुहार नै हटाउने चेतावनी
-
परीक्षाको मुखमा त्रिविका विभिन्न क्याम्पसमा तालाबन्दी
-
ट्रम्पको मुद्दा चलिरहेको अदालतबाहिर एक व्यक्तिद्वारा आत्मदाहको प्रयास