स्कुले छात्रा जिस्काउने दुई युवकमाथि जुत्ताको माला र रामधुलाई
बिन्दु कुमार चौहान
लुम्बिनी– स्कूले छात्राहरुलाई जिस्काउने दुई जना माथि लुम्बिनी क्षेत्रका छात्रछात्राहरुले जुत्ताको माला लगाएर कुटपीट गरेका छन् । स्कुले छात्राहरुलाई युवाहरुले अनावस्यक जिस्काउँदा असुरक्षा ठानेर मधेसी समुदायका छात्राहरुले बीचमै पढाई छाड्ने गरेपछि विद्यार्थीहरु आफै एकजुट भएर त्यसो गरेका हुन् ।
फिल्मी शैलीमा विद्यालय हाता भित्र प्रवेश गरी स्कूले छात्रा जिस्कयाउँदा जुत्ताको माला तथा रामधुलाई हुनुुलाई लुम्बिनी क्षेत्रका सर्वसाधारणले विद्यार्थीहरुको साहसिक कदम भन्दै प्रशंशा गरेका छन् ।
पल्सरबाइकमा गएका लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ४ ठूलो पडरिया बस्ने १९ वर्षीय बसरुद्दीन मुसलमान तथा सोही ठाउँ बस्ने अली हुसेन मुसलमानले मधुबनी माबिमा बुधबार दिउँसो १ः ३० बजे दादागिरी शैलीमा विद्यालय हाता भित्र प्रवेश गरी एक छात्रामाथि संबेदशील अंग स्पर्श तथा अश्लील शब्द प्रयोग गरिरहेको बखत आक्रोशित छात्रछात्राहरुले जुत्ताको माला तथा रामधुलाई गर्नुका साथै महिलवार बजार परिक्रमा पश्चात लुम्बिनी प्रहरीबिटमा बुझाएको खबर छ ।
ती दुबै ब्यक्तिहरु बिगत एक सातादेखि स्कूले छात्राहरुलाई जिस्काउने दिने पिच्छै घटना दोहोर्याउन थालेपछि सम्पूर्ण छात्रछात्राहरुले मोटरसाईकल सहित नियन्त्रणमा लिई विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रमाकान्त हरिजनको उपस्थितिमा सामाजिक दण्ड दिनुका साथै समाजसेवीको आग्रहमा प्रहरी समक्ष आइन्दा त्यस्तो नगर्ने शर्तमा छाडिएको प्रधानअध्यापक मैनुद्दीन मुसलमानले जानकारी गराए ।
यद्यपि उक्त घटनाबारे इप्रका लुम्बिनीका प्रहरी निरीक्षक पुरुषोत्तम रावत क्षेत्रीले भने प्रतिक्रिया दिन मानेनन् । उक्त घटनामा अझै चार जना युवाहरु विद्यार्थी घेरा तोडी सुरक्षित स्थानमा भाग्न सफल भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तौल घटाउन गर्मीमा खानुहोस् कम चिनी भएका यी ७ फलफूल
-
कृषि मन्त्रालयको बजेट सिलिङ ५१ अर्ब ८८ करोड, कुन योजनालाई कति रकम ?
-
यी तीन स्टार खेलाडीको नाममा लज्जास्पद कीर्तिमान
-
मण्डला थियटरमा 'टिकट टू हलिउड'
-
‘बोक्सीको घर’लाई बोर्डको युनिभर्सल सर्टिफिकेट
-
पूर्व प्रधानमन्त्री खनाल र किरात धर्मगुरु आत्मानन्दबिच भेटवार्ता