बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए युएई फुटको संघारमा, कोइराला निलम्बित

शुक्रबार, ०५ भदौ २०७७, २२ : ५२
शुक्रबार, ०५ भदौ २०७७

युएई । गैरआवासीय नेपाली संघ एनआरएनए युएईको विवाद अन्ततः विभाजनको संघारमा पुगेको छ। नेपाल एशोसियसन (एनए) युएईले आज एक प्रेस विज्ञप्ति जारी गर्दै एनआरएन युएईको अध्यक्ष प्रकाश कोइरालालाई एनएको बोर्ड म्यानेजर (बिओडी) बाट निलम्बित गरेसँगै एनआरएनए युएई फुटको संघारमा पुगेको हो।

गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईका निवर्तमान अध्यक्ष एवं नेपाल एशोसियसन (एनए) युएईका प्रेसिडेन्ट रमेश श्रेष्ठद्वारा हस्ताक्षरित उक्त प्रेस विज्ञप्तिमा पछिल्लो समयमा संस्थामा भएका गतिविधिबारे मागिएको स्पष्टीकरणको औचित्य पुष्टि हुन नसकेको ठहर गर्दै आजैको मितिदेखि निलम्बित गरिएको जनाइएको छ। जारी विज्ञप्तिमा बोर्ड बैठकको निर्णयलाई र सिडिएको स्वीकृतिलाई आधार मानी अन्य आवश्यक कारबाहीको लागि सिडिएसमक्ष माग गरिएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइरालाले दुबई कमिटीका पदाधिकारीहरुलाइ निलम्बन गरेको, नेपाल एसोसिएसनलाई जानकारी नगराएई लेटरहेड प्रयोग गएको सिडिए मातहतमा रहेको संस्था आफैंले गरेको सहमति उल्लङ्घन गरेको, एनएका बोर्ड अफ डाइरेक्टरलाई जानकारी नगराइ कानुनको उलंघन गरेको, पत्रकारलाई प्रायोजन गरि समाचार सार्वजनिक गरेको र महत्त्वपूर्ण परियोजना (आईएललो) सहयोग रकमलाई अगाडि बढाउन (बिओडी) लाई सल्लाह र सहकार्य नगरेको, नेपाल एशोसियसनबाट आधिकारिक कुनैपनि कार्यक्रम गर्दा सिडिएको अनुमति नलिएको उल्लेख छ ।

एनए र एनआरएनए युएई फुटको संघारमा

गैर आवासीय नेपाली संघ (एनआरएनए) युएईका अध्यक्ष प्रकाश कोइरालालाई कारवाही गरेपछि अब एनआरएनए युएई र एनए अलग–अलग संस्थाको रुपमा अघि बढ्ने अवस्थामा पुगेका छन्। नपाल एसोसिएशन एनआरएन दुबईको स्थानीय निकायमा दर्ता गरेको संस्था हो। 

दर्ता भएपनि एनए र एनआरएनए युएईभित्र सुरुवाती दिन देखिनै विवाद चुलिँदै आएको छ। राजनीतिक खिचातानी र व्यक्तिगत इस्युका कारण संस्था कहिल्यै माथि उठ्न सकेन। कानुनी परामर्शबाहेक अन्य काम कारबाही एनआरएनए युएईको नामबाट हुने भन्दै दुई संस्थाबीच गत साल सम्झौता भएको थियो।निवर्तमान अध्यक्ष रमेश श्रेष्ठ र तत्कालीन निर्वाचन समिति संयोजक राजेश दर्शन अर्यालले अहिलेसम्म संस्थाको हिसाबकिताब हस्तान्तरण नगरेपछि झनै विवाद शुरु भएको थियो। उनीहरुले स्थानीय निकायको समन्वयमा बैंक खाता खोलेपछि मात्र रकम जम्मा गर्ने बताएका छन्।

गतसाल कार्यसमिति चयन गर्दा समेत विधान विपरित ५–५ जना उपाध्यक्ष र सचिव चयन भएका थिए। बिभिन्न गुट उपगुट र आरोप खेप्दै आएको एनआरएनए युएईले कोभिड–१९ मा भने राम्रो काम गरेको पाइन्छ। तर पहिल्लो समय बरदुबईमा भएको कुटपिट घटनाले एनआरएनए युएईलाई झनै सतहमा ल्यायो। दुबई क्षेत्रका अध्यक्ष भीम मल्ल ठकुरी र उपाध्यक्ष निराजन खत्री (एरिक) को उपस्थितिमा केही भिजिटमा आएका युवाहरु कुटिएपछि अनुसन्धान नसकेसम्मको लागि भन्दै निज मल्ल र खत्रीलाई संस्थाले निलम्बन गरेको थियो।व्यक्ति बचाउको आरोप लागेका एनआरएनए एनसीसीका उपाध्यक्ष नरेश सेनले तत्काल राजीनामा दिए ।

यता आफ्ना पक्षधर केही सदस्यहरुलाई संस्थाले निलम्बन गरेसँगै २ उपाध्यक्ष २ सचिव र ३ सदस्यले राजीनामा दिएका छन्।मानवीय सेवा र सहयोगको भावले सामाजिक काममा सरिक भइसकेको सहयोग गर्ने अभिप्रायले यस गरिमामय संस्थाको कार्यसमितिमा आबद्ध तर अहिले जून तरीक़ाको संस्थामा गुठबन्दी खड़ा गरी कार्यसमिति उपर नै आरोप प्रत्यारोप गरी एक अर्कालाई कारबाही गर्ने खेल रचिएको छ,यसको लागि घोर आपत्ति रहेको बताएका छन्।

समितिका पदाधिकारी तथा सदस्यहरूको कमी कमज़ोरीलाई सच्याउँदै टीमलाई अघि बढ़ाउनु पर्ने सबैको दायित्व हुँदा हुँदै त्यसलाई लत्याउँदै जुन किसिमको खेल रचिने संस्थामा बसेर भोलीको दिन समाजसेवा गर्न नसकिने ठहर गर्दै राजीनामा दिएको उनीहरुको भनाइ छ।

गत साल सेक्टेम्बरमा २०१९–२१ कार्यकालको लागि सम्पन्न भएको एनआरएनए (एनसीसी) युएईको निर्वाचन समितिका संयोजक राजेश दर्शन अर्यालले हिसाब किताब नबुझाई २ लाख २० हजार दिर्हाम अर्थात करिब (७१ लाख रुपैयाँ) भन्दा बढी पैसा लिएर सम्पर्कबिहिन भएको भन्दै एनआरएन युएईले नेपाली दूतावास आबुधावीमा उजुरी दिएका छन् । तत्कालीन अध्यक्ष रमेश श्रेष्ठलाई पनि संघले उक्त रकम हिनामिनामा संलग्न भएको आरोप लगाएको छ।

गैरआवासीय नेपाली संघ एन आरएनए युएईका अध्यक्ष प्रकाश कोइरालाले बिनाकारण आफुलाई निलम्बित गर्नु हास्यास्पद भएको तर्क दिएका छन्। एन आरएनए एनसीसीको लोगो प्रयोग गरेर सल्लाहकारले अध्यक्षलाई कारबाही गरे भनेर विज्ञप्ति निकाल्नु आफैमा हास्यास्पद भएको उनले बताए। उनले संस्थाको बिधानभन्दा बाहिर गएर निवर्तमान भएको एक वर्ष पुग्दा समेत रकम हस्तान्तरण नगरेको र रकम हिनामिना गरेकोले निवर्तमान अध्यक्ष रमेश श्रेष्ठलाई संस्थाबाट निलम्बन गरिएको बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप