शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्मचारीको माग पुरा गरेपछि खुल्यो दुई सातापछि लुम्बिनी विकास कोषको ताला

बुधबार, २८ भदौ २०७४, २१ : ५८
बुधबार, २८ भदौ २०७४

लुम्बिनी – अन्र्तराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनी बिकास कोषमा दैनिक ज्यालादारी कर्मचारीहरुद्वारा लगाईएको ताला दुईसाता पछि खुलाइएको छ । 
अन्र्तराष्ट्रिय सम्बन्ध तथा श्रम समिती अन्र्तगत गठित कार्यदल संसदीय टोली र लुम्बिनी विकास कोष सचिवालय समितीको बैठकले दैनिक ज्यालादारी कर्मचारीहरुको रोकी राखिएको तलब उपलब्ध गराउने निर्णय बमोजिम दुबै पक्ष बीच सहमति पश्चात ताला खुलाइएको हो ।


तलब खुवाउने सचिवालयको निर्णयलाई प्रक्रियामा लगी आगामी कार्यकारिणी समितीको बैठकको अन्तिम निर्णय गराई तलब खुवाउने शर्तमा कोषको मूलगेटमा लगाइएको ताला खुलाई आन्दोलनरत ज्यालादारी कर्मचारीहरु आ आफनो काममा फर्किने कोषका कार्यबाहक उपाध्यक्ष सुरेन्द्रमुनि साक्यले जानकारी गराए । 


आगामी बोर्ड बैठकको पाँच दिनसम्म तलब खुवाउने समझौता कार्यन्वयन नगरेको खण्डमा आफूहरु पुनःतालाबन्दी गर्न बाध्य हुने ज्यादारी संर्घष समितीका सचिव महफूज मुसलमानले चेतावनी समेत दिए । 


मंसीर देखि तलब उपलब्ध गराउन माग राखी ५२ जना दैनिक ज्यालादारी कर्मचारीहरु भदौ १३ गते देखि कोषमा  अनिश्चितकालीन तालाबन्दी गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप