बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अविरल र दिया भए लिटिल किङ एण्ड क्विन

बुधबार, २८ भदौ २०७४, २२ : ०२
बुधबार, २८ भदौ २०७४

भक्तपुर– किशोर–किशोरीहरुको सौन्दर्य तथा प्रतिभा प्रस्फुटन गर्ने प्रतियोगिता ‘लिटिल किङ एण्ड क्विन’को शिर्ष उपाधि अविरल खत्री तथा दिया शाक्यले जितेका छन् । 
क्विन्स इभेन्टले आयोजना गरेको किशोर–किशोरी बीचको दुई भिन्न उमेर समुहको यो प्रतियोगीतामा अविरल र दिया उपाधि चुम्न सफल रहेका हुन् ।
प्रतियोगितामा रञ्जना गापी तथा सुनयना दुवालले फस्ट रनर्स अप तथा अस्मिता अवाल र प्रोमिस थापाले सेकेण्ड रनर्स अपको उपाधि जिते । अञ्जली पात्र तथा राजिव सुवालले मोस्ट पपुलरको शीर्षक उपाधि जित्न सफल भए । 


बालबालिकातर्फको प्रतिस्पर्धामा मलिना रोक्का तथा अनिकेत मुल्गुथीले मुख्य उपाधि जितेका छन् । भक्तपुरको टुरिजम मार्केटमा आयोजित बालबालिकातर्फ बिबिका लामा तथा सोनु बासुकलाले फस्ट रनर्स अप तथा अमिशा ढकाल र रेहान दुवालले सेकेण्ड रनर्स अपको उपाधि जिते । प्रतियोगितामा कृना खोजु तथा अनुप राईले मोस्ट पपुलरको उपाधि जित्न सफल भए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप