शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्चका लागि तीन न्यायाधीशको सिफारिस

बुधबार, २८ भदौ २०७४, २२ : १७
बुधबार, २८ भदौ २०७४

काठमाडौं – न्यायपरिषद्ले आज सर्वोच्च अदालतका लागि तीन न्यायाधीशको नाम सिफारिस गरेको छ । 

परिषद्को आज बसेको बैठकले तुल्सीपुर उच्च अदातलका मुख्य न्यायाधीश बमकुमार श्रेष्ठ, सुर्खेत उच्च अदालतका मुख्य न्यायाधीश डम्बरबहादुर शाही र उच्च अदालत पाटनका मुख्य न्यायाधीश टंकबहादुर मोक्तानलाई सर्वोच्च अदालतको न्यायधीशमा सिफारिस गरेको परिषद्का प्रवक्ता निर्मला पौडेलले जानकारी दिए ।

बैठकले १ सय ९७ जना जिल्ला तहका न्यायाधीशको विभिन्न जिल्लामा सरुवा गर्ने निर्णय गरेको छ । 
यस्तै, ७७ जिल्लामा ७७ जना न्यायाधीश आगामी निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत बनाउने निर्णय गरिएको छ भने १० जना न्यायाधीशलाई जगेडामा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप