बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुको मायादेवी गाउँपालिकाको बजेट ४० करोड ८३ लाख

बिहीबार, २९ भदौ २०७४, ११ : ०२
बिहीबार, २९ भदौ २०७४

कपिलवस्तु– कपिलबस्तुको मायादेवी गाउँपालिकाको आर्थिक बर्ष २०७४÷०७५ को नीति, कार्यक्रम र बजेटसहित पहिलो गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाको बिकासका लागी आर्थिक बर्ष २०७४÷०७५ का लागि रु. ४० करोड ८३ लाख ७८ हजार बजेट बिनियोजन गरेको छ । 
गाउँपालिकाका प्रमुख बजरंगीप्रसाद चौधरीका अनुसार कुल बिनियोजन बजेटमध्ये चालुतर्फ रु २० करोड ६० लाख २१ हजार ३ सय रुपैयाँ अर्थात ५०.४५ प्रतिशत र पूँजीगततर्फ रु २० करोड २३ लाख ५७ हजार ५५० अर्थात् ४९.५५ प्रतिशत छ । 
शिक्षा,स्वस्थ्य,सरसफई,कृषि तथा भौतिक संस्थागत कामका अन्य कामको लागी सोही अनुसार बजेट बिनियोजन गरेको छ । सभाले २०७४।७५ आन्तरिक आय र राजस्व परीचालन गरी यस क्षेत्रका सार्वजनीक जग्गा ताल तलैया,पोखरी,नदी नाला आदीको लागत तयार गर्ने र ठेक्का बन्दोवस्त गर्ने निर्णय गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप