शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाल्ट्राको रो र डिप फ्रिजर नेपाली बजारमा

बिहीबार, २९ भदौ २०७४, १९ : ४३
बिहीबार, २९ भदौ २०७४

काठमाडौं – बाल्ट्रा होम एप्लाइन्सेस्ले बाल्ट्राको रो र डिप फ्रिजलाई नेपाली बजारमा ल्याएको छ । शुद्ध पिउने पानीको समस्यालाई  मध्यनजर गर्दै बाल्ट्राले १२ चरणको शुद्धीकारण प्रक्रिया भएको रोलाई नेपाली बजारमा भित्राएको हो ।
नेचुरल्ला र ओस्मस नामका दुई मोडलमा उपलब्ध बाल्ट्राको रोमा क्यान्डल मिनिरल, सेडिमेन्ट कार्बन फिल्टर एविएस बडी,रो र यु भि साथ टिडिएस कन्ट्रोल जस्ता अन्य धेरै विशेषताहरु रहेका छन्  । 


त्यस्तै, बाल्ट्राले व्यापारिक प्रयोजनका लागि उपयुक्त हुने बाल्ट्राको डिप फ्रिजर पनि नेपाली बजारमा ल्याएको छ । विभिन्न दुई मोडलमा उपलब्ध  फ्रिजर १००प्रतिशत नै कप्पर कम्पेर्सर, झिक्न मिल्ने बास्केट, बाहिरी साँचो, भित्रि लाईट जस्ता अन्य विशेषताहरु रहेको कम्पनीले दावी गरेको छ ।   


ईलेक्ट्रोनिक तथा घरेलु सामानहरुमा विविध र नवीन उत्पादनहरु उत्पादन गर्दै आएको बाल्ट्रा होम एप्लाइन्सेस्ले विगत १० वर्षदेखि नेपाली उपभोक्ताहरुको मन जित्न सफल  मानिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप