मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

आतङ्कवाद मुर्दावाद (भाग तीन)

शुक्रबार, ३० भदौ २०७४, ०९ : ४८
शुक्रबार, ३० भदौ २०७४

अफगानी तालिबानको सफलताको पदचाप पच्छ्याउँदै, तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) र अन्य उग्रवादी समूहहरूले पाकिस्तानभरि नै आतङ्क र विनासको अभियान चलाए । करिब एक हजारभन्दा बढी विद्यालय ध्वस्त बनाइए । यी समूहहरूले कानुन हातमा लिई कथित सार्वजनिक सजाय दिन थाले । अमानवीय यातना र अङ्ग छेदन जस्ता मध्ययुगीन बर्बरता झल्काउने सजाय दिनथाले । यी समूहले इस्लामावाद अन्तर्राष्ट्रिय इस्लामिक विश्वविद्यालयमाथि बमबारी गरे । विभिन्न सिया समुदायका (पाकिस्तानको अल्पसङ्ख्यक समूह) समारोह, लाहोरको मुन मार्केट र अन्य सार्वजनिक स्थानलाई निसाना बनाए । सरकारको आयोग मुताविक डिसेम्बर २००७ मा प्रधानमन्त्री बेनजिर भुट्टोको हत्याको जिम्मेवार पनि टीटीपी रहेको छ । उनीहरूले पञ्जाबका गभर्नर सलमान तासिर र अल्पसङ्ख्यक मन्त्रालयका मन्त्री सहबाज भट्टीको हत्या गरे ।

सन् २००९ मा श्रीलङ्काको क्रिकेट टिममाथि हमला गरे । उनीहरूले उत्तरी क्षेत्रमा असङ्ख्य आदिवासी नेताहरूको हत्या गरे । एउटा घटना उदाहरणका रूपमा लिउ, सन् २००८ नभम्बर ८ का दिन बजुरमा भएको आक्रमणमा १६ आदिवासी अभियन्ता हत्या भयो र ३१ जना घाइते भए । लाहोरमा रहेका सङ्घीय अनुसन्धान नियोग (एफ.आई.ए), मनावान प्रहरी तालिम विद्यालय र इलाइट प्रहरी अकादमीका भवनहरूमा भएको सङ्गठित आक्रमणको जिम्मेवारी टीटीपी लियो । यी समूहहरूले थुप्रै एनजीओकर्मीहरूको हत्या गरे । उदाहरणका लागि अक्टुबर ५, २००९ मा संयुक्त राष्ट्रको विश्व खाद्य कार्यक्रमको इस्लामावाद कार्यालयमा हमलाको जिम्मेवार पनि टीटीपी लियो ।  यी उग्रवादी समूहले लाहोरमा सन् २०१० मे महिनामा अहमदी समुदायका दुई मस्जिदमा हमला गरे । यी उग्रवादी समूहले गरेको मार्च ८, २०११ फैसलावादमा ग्यास स्टेसनमा भएको हमलामा कम्तीमा ३२ जनाको मृत्यु भयो र १२५ सर्वसाधारण जनता घाइते भए । यी समूहरूले घर, परिवार र मलामी गइरहेका मान्छेलाई समेत छोडेनन् । सरकारी आँकडाअनुसार ३७,००० भन्दा बढी मान्छे मारिएका छन्, जसमा ३०,००० निहत्था जनता छन् (यो लेख तयार गरुन्जेलको आँकडा हो, अहिलेसम्म यस्ता आतङ्की हमला धेरै भएका छन् र हताहात धेरै भएको सजिलै आँकलन गर्न सकिन्छ) । तसर्थ, यी इस्लामिक उग्रवादीहरू सारा समाजसँग युद्धमा होमिएका स्पष्ट भइसकेको छ ।   

यो चरम पासविकताले गर्दा पाकिस्तानी जनता यी उग्रवाद र देहाशत विरुद्ध एक भएका छन् । यो दृष्टिकोणको परिवर्तनले पाकिस्तानी जनता यी इस्लामिक अतिवादीविरुद्ध र यिनका घोषणा वा ऐलानविरुद्ध उभिने प्रबल सम्भावना पनि रहेको छ । तर जनताको यो जागरुकताको प्रतिक्रियास्वरूप पाकिस्तानी मूलधारका मिडियामा रहेका दक्षिणपन्थी शक्तिहरू जनसङ्ख्याको ठूलो हिस्सालाई यी हमला इस्लामिक अतिवादीहरू नभई भारत, इजरायल र अमेरिकाका खुपिया नियोगले गराएको भन्ने भ्रम छर्न सफल भएका छन् । यी भ्रमले जनताको शक्तिलाई क्षीण र विभाजित गरिदिएको छ । अन्यथा जनता यी इस्लामिक अतिवादीविरुद्ध केन्द्रित हुन्थे । 

यो पनि पढ्नुहोस्

सीआईएको समर्थन अर्थात् प्रतिक्रान्ति

सीआईएको समर्थन अर्थात् प्रतिक्रान्ति (भाग दुई)

प्रश्न रह्यो, के गर्न सक्छौँ त हामी ? पहिले त हामीले दक्षिणपन्थी समूहले फैलाएको भ्रमविरुद्ध लड्न जरुरी छ । “यो अमेरिकाको लडाइँ होस्” “तालिबान अमेरिकी साम्राज्यविरुद्ध लडिरहेका छन्, त्यही भएर तालिबानलाई समर्थन गर्नुपर्छ” तालिबानको विरुद्धमा बोल्नु सम्भ्रान्त हुनु हो वा साम्राज्यवादी हुनु हो वा एनजीओवादी हुनु होस्, तालिबानको विरोध गर्नु इस्लामको विरोध गर्नु हो वा अमेरिकाविरुद्ध तालिबान लडून न त, जस्ता भ्रामक सोचले इस्लामिक अतिवाद बढ्दै गइरहेको भन्ने सङ्केत दिइरहेको छ । इस्लामिक अतिवादको यो बढोत्तरीले जनता कमजोर भएको जनाउँछ । अर्थात् इस्लामिक अतिवाद र जनताको शक्ति सम्बन्धलाई व्युत्क्रमानुपातिक रूपमा बुझ्नसकिन्छ । 

अमेरिकी साम्राज्यवाद र पाकिस्तानी सुरक्षा संयन्त्र ती इस्लामिक अतिवादी शक्तिविरुद्ध लड्न तयार छन्, जो तिनका हातबाट फुत्किसकेका छन् वा नियन्त्रणमा छैनन् । उनीहरू समग्रमा इस्लामिक अतिवादविरुद्ध लड्न तयार छैनन् वा चाहँदैनन् । अमेरिकी साम्राज्यवादी शक्ति र पाकिस्तानी राज्य यी इस्लामिक अतिवादी समूहसँग कुनै सम्झौतामा पुग्दछन् भने त्यसले शोषण र दोहनको शान्ति मात्र  ल्याउने छ, शीतयुद्धकालीन शान्ति जस्तो । 

जनताका लागि यो मामिला फरक छ । यो आतङ्कबाट मुक्ति खोज्ने हो भने हामी जनताले सबै किसिमका इस्लामिक अतिवादविरुद्ध सामना गर्नैपर्छ र यिनलाई विफल बनाइदिनुपर्छ । अहिले भइरहेको छद्म धार्मिक लडाइँका पछाडि सम्भ्रान्त कबिला सरदार र जागिर्दारहरूको वर्गीय स्वार्थ रहेको हामीले बुझ्नैपर्छ  । अफगानिस्तानमा अमरिकी कब्जा र युद्धको कारण साम्राज्यवादीसँगको साँठगाँठको इतिहास हो भनी बुझ्नैपर्छ । हाम्रा लागि लडिरहेको भनिएका दुवैतिरका आतङ्की शक्ति अर्थात् इस्लामिक अतिवादी र अमेरिकी साम्राज्यवाद, पाकिस्तानी राज्य दुवै हाम्रा मुक्तिका बाधक हुन् बुझ्न ढिलाइ गर्नुहुन्न ।                                      
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. तैमुर रेहमान
डा. तैमुर रेहमान
लेखकबाट थप