शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दाङबाट चुनाव लड्ने कोमल ओलीको ईच्छा

शुक्रबार, ३० भदौ २०७४, १२ : २६
शुक्रबार, ३० भदौ २०७४

काठमाडौँ – चर्चित गायिका तथा राप्रपाकी नेतृ कोमल ओली पनि चुनावमा लड्ने ईच्छा व्यक्त गरेकी छन् । उनले दाङको क्षेत्र नम्बर ३ बाट संघिय चुनाब लड्ने इच्छा ब्यक्त गरेकी हुन् ।

सामाजिक सञ्जालमा उनले आफुले दाङको क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने मनसाय बनाएको सार्वजनिक गरेकी छन् । आफ्नो मनसाय सार्वजनिक गर्दै उनले शुभचिन्तकसँग चुनाव लड्ने आफ्नो बिचार सहि हो वा गलत सुझाउन समेत आग्रह गरेकी छन् ।

केही पहिले रेडियो नेपालको जागिर छोडेर कमल थापाको नेतृत्व रहेको राप्राप नेपाल प्रवेश गरेकी ओली राप्रपाको एकिकरण माधिवेशनबाट  पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । उनी सदस्यहरुमा भारि मतले निर्वाचिन भएकी हुन् ।

लोक गायनबाट सर्वत्र चिनिएकी ओली चर्चित समाचार बाचिका पनि हुन् । ओलीका दर्जन गतिका एल्बम समेत सार्वजनिक भएका छन् । राजनीतिमा सक्रिय रहे पनि सांगीतिक कार्यक्रमको सिलसिलामा उनको देश बिदेशको यात्रा जारी नै रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप