शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एयर डाइनेष्टिको हेलिकोप्टर दमौलीमा आकस्मिक अवतरण

शुक्रबार, ३० भदौ २०७४, १२ : ४२
शुक्रबार, ३० भदौ २०७४

तनहुँ । काठमाडौबाट पोखरा बिरामी लिन उडेको एयर डाइनेष्टिको हेलिकोप्टर तनहुँ सदरमुकाम दमौलीमा आकस्मिक अवतरण भएको छ । 

कुहिरोका कारण भिजिविलीटी कम भएपछि हेलिकोप्टर दमौलीमा आकस्मिक अवतरण भएको हो । 

बिहान आठ बजे विपी बनबाटिका मैदानमा अवतरण गराइएको उक्त हेलिकोप्टर दुई घण्टापछि उडेको थियो । 

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख उमेशराज जोशीका अनुसार हेलिकोप्टरमा चालक दलका दुई जना सदस्य थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप