शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दरबाङ बजारमा बसपार्क अभाव

शुक्रबार, ३० भदौ २०७४, १३ : २६
शुक्रबार, ३० भदौ २०७४

धिरन खत्री

म्याग्दी–म्याग्दीको दोस्रो व्यापारिक केन्द्रको रुपमा विकास भईरहेको दरबाङमा शहरीकरण तिब्र भएपनि व्यवस्थित बसपार्क नहुँदा यातयात व्यवस्थापनमा समस्या भएको छ । दरबाङदेखि विम, निस्कोट, देविस्थान, रुम, ओखरबोट हुँदै बागलुङको तमान लामेला, धौलागिरि गाउँपालिकाको ताकम हुँदै मुना लगायतका ठाउँमा समेत सवारी साधन आवत जावतको लागि सडक विस्तार भएकाले दरबाङ दर्जनौ गाउँबस्तीको संगम तथा व्यापारिक केन्द्र मानिन्छ ।

बेनीबाट दरबाङसम्म पुगेको सडक त्यहाँबाट छुट्टाछुट्टै ट्याकमा विस्तार भएर विभिन्न गाउँहरुमा जोडिएपछि सवारी साधनहरुको ओहोर दोहोर बढेसँगै दरबाङमा सवारी साधनहरुको उचित व्यवस्थापनको लागि व्यवस्थित बसपार्कको अभाब खड्किएको म्याग्दी उद्योग बाणिज्य संघ दरबाङ ईकाइका सभापती मोतिराज गौतमले बताए । 

‘अहिले दरबाङ बजारभित्र अव्यवस्थित रुपमा सवारी साधन पार्किङ गर्नुपर्ने बाध्यता छ, सडक आईपुगेको १२ बर्ष वितिसक्दा समेत व्यवस्थित बसपार्क नबन्नु दुखत हो, अब छिट्टै गाउँपालिकाले समेत यसतर्फ चासो दिन जरुरी छ,’ गौतमले बताए । बेनी–बावियाचौर हुँदै दरबाङमा ६२ सालमा यातयात पुगेको थियो । 

दरवाङ सडकको छेउ र व्यक्तिगत जग्गामा सार्वजनिक यातयातका साधनहरु पार्किङ गरिदै आइएको छ । 

मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले गुरुयोजना बनाएर बसपार्क निर्माणको काम अघि बढाउन सरोकारवालासँग छलफल भइरहेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप