बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आधुनिक ढंगले पुष्प खेती विस्तार गर्ने तयारी

शुक्रबार, ३० भदौ २०७४, १३ : ३१
शुक्रबार, ३० भदौ २०७४

काठमाडौँ । पुष्प व्यवसायीहरुले पुष्प खेती विस्तारको कामलाई आधुनिकीकरण गर्दै लैजाने नीति लिने भएका छन् । फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष कुमारकसजु श्रेष्ठले पुष्प खेती विस्तारको कामलाई आधुनिकीकरण गर्दै लैजाने नीति लिन लागिएको जानकारी दिएका हुन् । 

शुक्रबार काठमाडौँ मा आयोजित एशोसिएसनको २५ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले व्यवसायलाई आत्मनिर्भर बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य गरेर अघि बढने सहमति भएको पनि स्मरण गराए ।

उनले पुष्प व्यवसायलाई आधुनिकीकरण गर्न अनुसन्धान र बजार प्रर्वद्धनको कामलाई पनि विशेष जोड दिन लागिएको पनि स्पष्ट पारे । एशोसिएसनले पुष्प व्यवसायलाई आधुनिकीकरण गर्न करिव ७ करोड बजेटको व्यवस्था पनि गरेको छ ।

बजेट मध्ये ८० प्रतिशत बजेट पुष्प खेती विस्तारमा लगानी गर्ने योजना तय गरिएको अध्यक्ष श्रेष्ठले बताए । बाँकी २० प्रतिशत बजेट भने पुष्प खेतीका लागि आवश्यक अनुसन्धान र बजार प्रवद्र्धनको काममा खर्च गरिनेछ ।

नेपालमा हाल ६ सय ७८ वटा पुष्प फर्म तथा नर्सरीहरु विस्तार भएको बताइएको छ । पुष्प व्यवसायमा करिव ४३ हजार व्यक्तिले प्रत्यक्ष वा परोक्ष रुपमा रोजगारी पाएको व्यवसायीको दावी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप