मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

ध्यान दिनुहोस्, के तपाईंको शरिरबाट पनि आउँछन् यस्ता आवाज ? बेवास्ता नगर्नुहोस्

शुक्रबार, ३० भदौ २०७४, १३ : ४२
शुक्रबार, ३० भदौ २०७४

हाम्रो शरिर चल्दा वा कुनै कार्य गर्दा विभिन्न प्रकारको आवाज आउँछन् । यहाँसम्म कि सुतिरहेका बेला पनि हाम्रो शरिरबाट केही अचम्मका आवाज निस्कन्छन् । यसमा जोर्नी चट्किनु, सास फेर्दा घ्यारघ्यार हुनु, नाकबाट सिट्ठी बजेको झैं आवाज निस्कनु, घुर्नु, पेट कराउनुजस्ता आवाज समावेश हुन्छन् ।

के संकेत दिन्छन् हाम्रो शरिरको आवाजले ?

भारतको अमृतसयको अमनदीप ग्रुप अफ हस्पिटलका चिफ कन्सल्टेन्ट डा. अवतार सिंहका अनुसार यस्ता आवाज कुनै घातक स्वास्थ्य समस्याको संकेत पनि हुनसक्छ । धेरैजसो मानिसहरु शरिरबाट निस्कने यस्ता आवाजलाई वास्तै गर्दैनन् तर यसमा ध्यान नदिँदा समस्या बढ्न सक्छ । शरिरबाट निस्कने यस्तो प्रकारको आवाज कुन स्वास्थ्य समस्याका संकेत हुन् यसबारे जानकारी लिऔंः

घुर्नेः

हरेक घरमा कोही न कोही यस्ता व्यक्ति हुन्छन् जसलाई घुर्ने बानी हुन्छ । धेरैजसो घुर्ने बानीलाई बेवास्ता गरिन्छ जबकी यो एक रोगको संकेत हो । मोटोपनका कारण गलामा मेम्ब्रेनको रोकावटका कारण मानिस घुर्ने गर्दछ । यसले स्लिप एप्निया, डायबिटिज र स्ट्रोकको खतरा बढ्नसक्छ ।

जोर्नीबाट आवाज आउनुः

जोर्नीमा लिक्विडको कमीले यस्तो हुने गर्दछ । लामो समयसम्म यस्तो हुँदा गाँठो, अर्थराइटिस हुनसक्छ ।

पेट कराउनेः

पाचन प्रक्रियामा पेटबाट आवाज आउने गर्दछ । यदि पेट फुल्ने वा दुख्ने गर्दछ भने कलेजोको समस्या हुने गर्दछ ।

बंगाराबाट आवाजः

खानामा अमिलो–पिरो, गुलियो, तातो वा चिसो खाँदा दाँतबाट आवाज आउँछ । तर बंगाराबाट आवाज आउनुको अर्थ माथिल्लो र तल्लो बंगाराको अलाइन्मेन्ट बिग्रेका कारण पनि हुनसक्छ । जसका कारण बंगारा लक हुने समस्या हुनसक्छ । यस्तोमा विशेषज्ञलाई पक्कै देखाउनुहोस् ।

नाकबाट सिट्ठी बजेको जस्तो आवाज आउनुः

रुघा, खोकी वा साइनसका कारण सिट्ठी बजेको जस्तो आवाज आउनुको अर्थ सासको नलीमा अवरोधका कारण पनि यस्तो हुनसक्छ ।

कान सिरिङ्ग हुनुः

कहिलेकाँही कानमा पानी वा कुनै किरा छिरका कारण आवाज आउनसक्छ । यदि कान सिरिङ्ग हुन्छ भने यसको कारण थाहा पाउन जरुरी छ । फंगल इन्फेक्सनका कारण पनि कानबाट आवाज आउनसक्छ । यसका साथै आजकाल मोबाइलको अत्यधिक प्रयोगबाट निम्तिने टिनिटस नामक रोगका कारण पनि कानबाट आवाज आउनसक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप