मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थललाई सहयोग

शुक्रबार, ३० भदौ २०७४, १५ : ०३
शुक्रबार, ३० भदौ २०७४


टोकियो - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँकोे भौतिक पूर्वाधार विकासमा गैरआवासीय नेपाली सङ्घ एनआरएनए जापानले सघाउने भएको छ । 

नयाँ कार्यसमिति बनेसँगैं बसेको सङ्घको पहिलो बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधारको विकास अन्तर्गत तत्कालका लागि सार्वजनिक शौचालय निर्माणमा सघाउने भएको हो । 

सन् २०१७÷१९ का लागि निर्वाचित र सर्वसम्मत भएका पदाधिकारीको बैठकले विमानस्थलका जीर्ण र अपुग भएका स्थानमा शौचालय बनाउन सघाउने निर्णय गरेको सङ्घका अध्यक्ष टाँसीवादी लामाले जानकारी दिनुभयो । 

अध्यक्ष लामाअनुसार सङ्घले विमानास्थलको भौतिक पूर्वाधार विकासका लागि २५ थान शौचालय सहयोग गर्ने निर्णय गरेको हो । ती शौचालय सङ्घको कार्यालयमा राखिएको र एक महिनाको अवधिमा काठमाडौँस्थित विमानस्थल व्यवस्थापन समितिलाई हस्तान्तरण गरिने सङ्घले जनाएको छ । 

बैंठकले लेनिन भट्टचन र सविता श्रेष्ठलाई क्रमशः युवा तथा महिला संयोजकको जिम्मेवारी दिएको छ । कार्यक्षेत्र चुस्तदुस्त राख्न २१ बुँदे आचारसंहिताअनुसार प्रत्येक दुई महिनामा बस्ने बैंठकमा अनुपस्थित हुनेलाई कारबाही र जापानवासी नेपालीको चाहना विपरीत काम गर्नेलाई कारबाहीमा सघाउनेलगायतका निर्णय पनि गरेको सङ्घका महासचिव बुद्धिराज घिमिरेले जानकारी दिनुभयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप