शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

साताको सेयर : ३ अर्ब ६० करोड ६८ लाखको कारोवार

शुक्रबार, ३० भदौ २०७४, १५ : २६
शुक्रबार, ३० भदौ २०७४

काठमाडौं–नेपालको पुँजी बजारमा यो साता कूल ३ अर्ब ६० करोड ६८ लाख ५ हजार रुपैयाँभन्दा बढीको कारोवार भएको छ । यो साता तीन दिन बजार ओरालो लागेको थियो । 

यो साताको पहिलो दिन सेयर बजार ३४.८९ अंकले झरेको थियो । पहिलो दिन उच्च अंकले घटेको बजार १५१९.६६ विन्दुमा आएको थियो । एक सय ५८ कम्पनीको १५ लाख ५७ हजार ३ सय ८३ कित्ता सेयर खरिद बिक्री भएको यो दिन ९२ करोड ४२ लाख ३४ हजार रुपैयाँको कारोवार भएको थियो । 

बैकिङ समूहको सूचक २८.६६, विकास बैंक समूहको सूचक ४९.६, जलविद्युत समूहको सूचक ४०.४८, उत्पादनमुलक समूहको सूचक २४.२४, बीमा समूहको सूचक २९६.७१, वित्त समूहको सूचक १३.५, होटल समूहको सूचक ५१.३४ र अन्य समूहको सूचक २.८९ अंकले घटेको थियो ।

यस्तै, साताको दोस्रो दिन सोमबार बजार ३.६ अंकले बढेको थियो । एक सय ६० कम्पनीको १७ लाख १७ हजार कित्ता सेयर खरिद विक्रि भएको यो दिन ८४ करोड १३ लाख ३४ हजारको कारोवार भएको थियो । 

मंगलबार बजार २१.०६ अंकले ओरालो लागेको थियो । एक सय ५३ कम्पनीको १० लाख ७० हजार ७ सय ४७ कित्ता सेयर किनवेच भएको यो दिन ५६ करोड ९८ लाख ४३ हजार एक सय ३० रुपैयाँको कारोवार भएको थियो । 

बैकिङ समुहको सूचक १८.१४, होटल समूहको सूचक ४२.५३, बिकास बैंकको सूचक २९.८२, जलविद्युत समूहको सूचक १५.५७, फाइनान्स समुहको सूचक १४.९ अंकले झरेको यो दिन बीमा समूहको सूचक १८५.१ घटेको र अन्य समूहको सूचक भने २.६१ अंकले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

बुधबार पनि बजार ९ अंकले घटेको थियो । अघिल्लो दिन दोहोरो अंकले घटेको बजार फेरी घटेपछि १४९३.२० अंकमा झरेको थियो । एक सय ६० कम्पनीको १२ लाख ७७ हजार ५ सय ५४ कित्ता सेयर किनवेच भएको यो दिन ६३ करोड ६९ लाख ८९ हजार ७१ रुपैयाँको कारोवार भएको थियो । 

बैकिङ, विकास बैंक, उत्पादनमुलक र ‘अन्य’ समूहको सूचक घटेको यो दिन होटल, जलविद्युत, फाइनान्स, र बीमा समूहको सूचक बढेका थिए । यो दिन बैकिङ समूहको सूचक ११.२६ अंकले घटेको थियो भने विकास बैंक समूहको सूचक २४.०५, उत्पादनमुलक समूहको सूचक २२.६३ र अन्य समुहको सूचक ६.०८ अंकले घटेका थिए । यस्तै, होटल समूहको सूचक १०.७४, जलविद्युत समूहको सूचक १२.४७, फाइनान्स समुहको सूचक ९.७१ र बीमा समूहको सूचक ८.९१ अंकले बढेका थिए ।

सेयर बजार बिहीबार भने दोहोरो अंकले बढेको थियो । लगातार ओरालो लागेको बजार सेयर कारोवारका हिसावले साताको अन्तिम दिन भने ३७.११ अंकले उकालो लागेको थियो । योसँगै बजार १५३०.३१ अंकमा उक्लिएर बन्द भएको छ ।

एकसय ६१ कम्पनीको ११ लाख ७० हजार ७२ कित्ता सेयर खरिद विक्रिवाट ६३ करोड ५० लाख ५ हजार ३ सय ५४ रुपैयाँको कारोवार भएको थियो । बिहीबार सवै समूहको सूचक हरियो भएका थिए । 

बैकिङ समूहको सूचक ३६.९७ अंकले बढेको थियो भने टे«डिङको सूचक १७.१४, होटल समूहको सूचक ४३.६ र विकास बैंक समूहको सूचक २३.९१ अंकले बढेका थिए । जलविद्युत समूहको सूचक १५.०२, फाइनान्स समूहको सूचक २६.३९, बीमा समूहको सूचक २४९.०८, उत्पादनमुलक समूहको सूचक ३४.११ र अन्य समूहको सूचक १०.४१ अंकले बढेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप