बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाकालमा पठनपाठन गराउन शिक्षा मन्त्रालयले ल्यायो निर्देशिका : यस्ता छन् विशेषता

प्रविधिको पहुँच नभएका विद्यार्थीका लागि यस्तो व्यवस्था
शुक्रबार, २६ भदौ २०७७, १४ : ५७
शुक्रबार, २६ भदौ २०७७

कोरोना संक्रमणको संटकमा विद्यार्थीहरुको पठन पाठनलाई सुचारु राख्न सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेको छ । सो निर्देशिका अनुसार असोज १ देखि विद्यार्थी भर्ना कार्यक्रम सुरु गरेर स्कूलको कक्षाकोठामा गरिने अध्यापनको विकल्पमा प्रविधिका साधान प्रयोग गरेर पठन पाठनलाई अघि बढाउने तयारी गरिएको छ ।

गत भदौ १९ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत गरिएको सो निर्देशिकामा प्रविधिको आधारमा विद्यार्थीलाई ५ समूहमा वर्गिकरण गरिएको छ । जसमा सबै किसिमको पहुँचभन्दा बाहिर रहेका विद्यार्थी समूह, रेडियो, एफएम रेडियोमा पहुँच भएको विद्यार्थी समूह, टेलिभिजनमा पहुँच भएको विद्यार्थी समूह, कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटी नभएका विद्यार्थी समूह र इन्टरनेट तथा सूचना सञ्चार प्रविधिका साधानमा पहुँच भएका बिद्यार्थीको समूह । निर्देशिकामा स्थानीय तह र विद्यालयले आवश्यकताको आधारमा पहुँचा योग्य ढाँचामा सहिजकरणको व्यवस्थापन गर्नुपर्ने उल्लेख छ ।

कोरोना संकट कायम रहँदासम्म यही निर्देशिका बमोजिम विद्यालय शिक्षाको कार्यक्रम सञ्चालन गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले रातोपाटीलाई जानकारी दिए ।

प्रविधिको पहुँच नभएका विद्यार्थीका लागि यस्तो व्यवस्था

विद्युतीय सञ्चार प्रविधि माध्यमको पहुँचबाट बाहिर रहेका विद्यार्थीहरुका लागि केन्द्रबाट स्वअध्ययनका सामग्रीको बिद्युतीय प्रति तयार पारी वेससाइटमा राख्ने र त्यसलाई प्रदेश, स्थानीय तहले छपाई गरी विद्यार्थीहरुलाई वितरण गर्ने, विद्यार्थीहरुलाई पाठ्यपुस्तक उपलब्ध गराउने व्यवस्था गरिएको छ । प्रविधिको पहुच नभएका कारण विद्यालय वा समुदायमा भौतिक दुरी कायम गरी बसाइ शिक्षक वा स्वयम्सेवक मार्फत सिक्ने सिकाउने व्यवस्था गर्ने भनिएको छ ।

एफएम रेडियोमार्फत सिकाइ

एफएम रेडियोको पहुँचमा भएका विद्यार्थीका लागि पाठ्यपुस्तक उपलब्ध गराउने, केन्द्रले तयार पारेका सामग्रीहरु रेडियोलाई निःशूल्क उपलब्ध गराउने र रेडियोबाट निःशूल्क वा न्यूनतम शूल्कमा प्रशारणको व्यवस्था गर्ने भएको छ । यस्तै शिक्षकहरुलाई रेडियो मार्फत शिक्षण गर्न लगाउन, विद्यार्थीले तयार पारेको लेख रचना प्रशारणको व्यवस्था गर्ने भनिएको छ । यस्तै  केन्द्र, प्रदेश र स्थानीय तहबाट रेडियो र एफएम रेडियोबाट प्रशारण गरिने कक्षा र विषयगत पाठ सम्बन्धी समय तालिकालाई व्यवस्थित गरी सार्वजनिक गर्ने व्यवस्था गरिएको छ ।

टेलिभिजनको पहुँच भएका विद्यार्थीका लागि

एफएम रेडियोको पहुँचमा भएका विद्यार्थीलाई जस्तै टेलिभिजनमा पहुँच भएका विद्यार्थीका लागि पनि पाठ्यपुस्तक उपलब्ध गराउने, केन्द्रले विकास तथा संयोजन गरेका कक्षागत सिकाई सामाग्रीहरु केन्द्रीय टेलिभिजनबाट प्रशारण गर्ने, प्रदेश र स्थानीय तहले टेलिभिजनबाट प्रशारण गरिने कक्षा र पाठबारे समय तालिका सार्वजनिक गर्ने व्यवस्था गरिएको छ ।  केन्द्रले विकास तथा संयोजन गरेका कक्षागत सिकाई सामग्रीहरु केन्द्रीय टेलिभिजनबाट प्रशारण गर्ने र ति सामग्रीहरु टेलिभिजनलाई निशूल्क उपलब्ध गराउने व्यवस्था छ ।

यस्तै कम्युटर भएको तर इन्टरनेट नभएका विद्यार्थीका लागि

घरमा कम्प्युटर भएका तर इन्टरनेटको पहँुच नभएका विद्यार्थीहरुका लागि अनलाइनमा तयार पारिएको सामग्रीको अफलाइन मोडमा सिडी वा पेन ड्राइभ, हार्डडिस्क आदी विद्यालय तथा स्थानीय तहमार्फत विद्यार्थीलाई उपलब्ध गराउने भनिएको छ ।

इन्टरनेट प्रविधिको पहुँचमा भएका विद्यार्थीका लागि

इन्टरनेटको पहुँचमा रहेका विद्यार्थीको लागि पाठ्यपुस्तक उपलब्ध गराउने, केन्द्र, प्रदेश र स्थानीय तहले अनलाईन सिकाई सामग्रीहरु तयारी गरी अनलाइन माध्यमबाट उपलब्ध गराउने, केन्द्रले अनलाइनमा प्रशारण गरिएका श्रव्य दृश्य सामग्रीहरु लर्निङ पोर्टल वा युट्युवमा अपलोड गर्ने, पाठ्यक्रम विकास केन्द्रबाट तयार गरिएका र स्वीकृति प्रदान गरिएका विद्यालय तहका सबै कक्षाका पाठ्यक्रम, पाठ्यपुस्तक तथा अन्य पाठ्यसामग्री लगायत अन्य श्रब्य दृश्य सामग्रीहरु साइबर सुरक्षा निर्देशिकाको अधिनमा रही मोबाइल एप्लिकेशन विकास गरी डाउनलोड गर्न सकिने व्यवस्था गर्ने व्यवस्था गरिएको छ ।

निर्देशिकामा शैक्षिक सत्रको समायावधी तथा माहामारी लगायतको विषम परिस्थितिको अवस्था हेरी विद्यालयले आवश्यक अनुसार दुर शिक्षा वा प्रत्यक्ष साक्षात्कार माध्यमबाट सिकाई सहजीकरण गर्दा विभिन्न शिक्षण विधि अवलम्बन गर्ने सक्ने भनिएको छ । 

विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप