बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

शनिबार, ३१ भदौ २०७४, ०५ : ०६
शनिबार, ३१ भदौ २०७४

बि.स.२०७४ भाद्र ३१ गते । शनिबार । ईश्वी सन् २०१७ सेप्टेम्बर १६ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । आश्विन कृष्ण पक्ष । तिथि एकादशी २६ घडि ०९ पला,बेलुका ४ बजेर १७ मिनेट उप्रान्त दुवादशी । नक्षत्र तिष्य ५० घडी ०८ पला । योग परिध ३९ घडि ०८ पला,रातको ९ बजेर २९ मिनेट उप्रान्त शिब । करण बालव, दिउसो ४ बजेर १७ मिनेट उप्रान्त कौलव । आनन्दादिमा मित्र योग । चन्द्ररासि कर्कट । एकादशी श्राद्ध । ईन्दिरा एकादशि व्रत ।

काठमाडौंमा सूर्योदय ०५ बजेर ५० मिनेट, सूर्यास्त बेलुका ०६ बजेर ०६ मिनेट जादा । दिनमान ३० घडी ४० पला । 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) घर जग्गा तथा स्थाई सम्पतिमा बिवाद आउँने योग रहेकोछ भने आमा वा आफन्त सँग टाडिएर परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुँनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले जनतासँग सन्तुलित व्याबहार गर्नुहोला समय मध्ययम रहेकोछ । सामाजिक काम गर्दा ध्यान दिनुहोला प्रतिष्पर्धिहरुले तपाईको साख गिराउँन खोज्नेछन् । खोज तथा अनुशन्धानमा दिईएको समयबाट भनेजस्तो उपलब्धि हासिल हुँन मुस्किल रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) दाजुभाई तथा छिमेकिबाट तपाईले शुरु गरेको काममा सहयोग तथा समर्थन हुँने हुँदा मन प्रशन्न हुँनेछ । छोटो दुरिको व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले थप लगानि गर्न आट आउँनेछ । माया प्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा थप प्रगाडता बढेर जानेछ । पढाई लेखाई प्रगतिकै बाटोमा अगाडि बढ्ने योग रहेकोछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला बोलिको गलत अर्थ लाग्ने तथा तपाईको निर्णय तपाई आफैलाई आत्मघाति हुँन सक्छ । आफन्त, साथिभाई तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ । खोज तथा अनुशन्धानमा दिएको समय त्यसै खेर जान सक्छ ध्यान दिनुहोला । माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) परिवार तथा आफन्तजनमा आत्मियताको भाव बढ्नेछ भने माया प्रेममा नजिक हुँने समय रहेकोछ । व्यापार बिस्तार गरि भनेजस्तो लाभ लिन सकिने तथा बिभिन्न क्षेत्रमा लगानि गरि आम्दानिका स्रोतहरु बिस्तार गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुँनाले अन्य प्रतिष्पर्धिहरुलाई टप्न सकिनेछ भने सबैको धन्यवादको पात्र हुँदा मन प्रशन्न रहनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट सेवा सुबिधा प्राप्त गर्न सक्नेछन् ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफन्त तथा परिवारकै सदस्यहरुबाट सहयोग नपाईने हुँदा कामहरु थाति रहनेछ । व्यापारमा लगानि गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनिति अपनाउँनुहोला । माया प्रेममा अरुकै नकारात्मक टिका टिप्पणिले मनमुटाव बढ्ने योग रहेकोछ भने पति पत्निबिच अबिश्वास बढ्ने योग रहेकोछ । खानपानमा ध्यान दिनुहोला समान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । लामो दुरिको बिदेश यात्राको तय हुँनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) लाभ भावमा रहने चन्द्रमाले खनिज पदार्थ तथा पानिसँग सम्बन्धित कामहरुबाट मनग्गे लाभ लिन सकिनेछ । पढाई लेखाईमा राम्रो तथा सम्मानजनक स्थान प्राप्त हुँने हुँदा मन खुसि रहनेछ । माया प्रेममा एकअर्कालाई बिश्वास गर्दै अगाडि बढ्ने समय रहेकोछ । बिभिन्न किसिमका मानव निर्मित सामानहरु प्राप्त हुँनेछन् भने आफुसँग भएको शिप प्रयोग गरि आम्दानि बढाउँन सकिनेछ । सामाजिक काम गरि राज्यबाट पद प्रतिष्ठा पाउँने गतिलो योग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनिति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउँन ग्रहयोग रहेकोछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ भने नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरि हुँने योग रहेकोछ । बुवा तथा आफन्तबाट सहयोग पाईने हुँनाले महत्वपुर्ण कामहरु समयमानै फत्ते गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै प्रगति पथमा अगाडि बढ्न सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) सरकारि तथा दैनिका कामगर्दा ध्यान दिनहोला अप्रिय निर्णयको शिकार होईयला । लामो दुरिको धार्मिक यात्रा भएपनि यात्राका क्रममा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्दा मन खिन्न हुँनेछ । पढाई लेखाईमा दिईयको समय वालुवामा पानि सरह हुँनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आई दैनिक कामहरु गर्न सकिने छैन । घर परिवार तथा आफन्त बिच मनमुुटाव बढने योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने यहि बेलामा आयस्रोतका बाटाहरु साघुरा हुँनेछन् । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेकोछ । खानपानमा बिशेष ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले सताउँन सक्छ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछैन । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) ईमान्दारिता पुर्वक गरिएको प्रयत्नले लक्ष्य पहिल्याउँन सहज हुँनेछ । सांगठनिक टिम निर्माण गरि काम गर्दा भनेजस्तो आम्दानि गर्न सकिनेछ भने बिभिन्न भौतिक सम्पतिहरु जोड्न सकिनेछ । व्यापार व्यावसायमा देखिएका असहज परिबेसलाई भत्काउँदै थप लगानि गरि बिलाशि बस्तुहरुको उपभोग गर्न पाईनेछ । पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने हुँदा  आफु तथा शुभचिन्तकहरु खुसि रहनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) न्यालयबाट हुँने व्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुँने हुँदा मन खुसिले उचाई नाघ्नेछ । पढाई लेखाईमा नसोचेको सफलता हात लाग्नेछ । व्यापारमा बृद्धि हुँनेछ भने थप ठाउँमा लगानि गर्न सकिनेछ । आफन्त तथा मावलि पक्षबाट भनेजस्तो सहयोग पाईने हुँदा शाहस तथा पराक्रम बढेर जानेछ । पुराना समस्याहरु सल्टाउँन सकिने तथा नयाँ कामको थालनि गर्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अध्ययनमा मन नजाने हुँनाले अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । आफन्त तथा घर परिवारका सदस्यहरुको पनि सहयोग तथा समर्थन नहुँदा एक्लोपनको महशुष हुँनेछ । खानपानमा बिशेष ध्यान दिनुहोला पेट सम्बन्धि समस्या आउँन सक्छ । भौतिक साधन तथा सवारि साधनको प्रयोग गर्दा बिचार पुर्याउँनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । 

तपाईको दिन शुभ रहोस् । 
ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौ, फोन नं.९७४१०६८९६२
नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप