शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लघुकथा: फेसबुक प्रोफाइल

शनिबार, ३१ भदौ २०७४, ०८ : २८
शनिबार, ३१ भदौ २०७४

–इन्द्र थेगिम

बाटुली मस्त बैंसमा छे तर आफूलाई नियमको घेराबन्दीभित्र राख्न जानेकी छे । बाटामा, कलेजमा, बजारमा जताततै मायालु आँखा पछ्याउनेको ओइरो छ । फेसबुक को जमाना छ । बाटुली सन्जालको भरपुर प्रयोग गर्छे । क्यामरामा कैद भएका हजारौँ फोटामध्ये एउटा रोजेर प्रोफाइलमा फोटो पोस्ट गरिन् । फेसबुकमा बाटुलीलाई मरिहत्ते गर्नेहरूले :

एकपछि अर्को लाइक ठोके । तँछाड मछाड गर्दै कमेन्ट को वर्षात भयो । बाटुलीको सौन्दर्यको खुब चर्चा भयो । इनबक्समा कतिपयले भेट्न अनुरोध गरे । कतिजनाले म्यासेन्जरमा कल गरे । यो सब कृयाकलाप भइरहँदा भने बाटुली भान्सा सकेर सिरकभित्र गुटमुटिएर बिहान सबेरै उठ्न भनी सुतिसकेकी थिइन् ।

बिहान चिया नास्ता गर्दा फेसबुक खोलिन् । हजारौँ लाइक, दर्जनौँ कमेन्टसहित इन्बक्स नोटिफिकेसन देखिन । शान्त भएर मुसुमुसु हाँस्दै अनगिन्ती मिस कल इगनोर गरिन् ।

सरसर्ती सबैलाई हेरिसकेर आफ्ना सुकोमल हातले छरितो गरी टाइप गरी– ‘थ्याङ्क यू अल’ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप