भुटानी शरणार्थीले पठाए प्रधानमन्त्रीलाई यस्तो पत्र
दमक - भुटानी शरणार्थीले आफ्ना समस्याको दीर्घकालीन समाधानका लागि पहल गर्न आग्रह गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार ज्ञापनपत्र पठाएका छन् ।
अमेरिकामा एक सातापछि हुन लागेको संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जान लागेका प्रधानमन्त्री देउवालाई भुटानीको संस्थाले अपिल पठाउँदै त्यस्तो माग दोहो¥याएका हुन् ।
भुटानी शरणार्थी ज्येष्ठ नागरिक स्वदेश फिर्ती समितिका प्रवक्ता सन्तवीर घलेले अमेरिकाको राजधानी न्युयोर्कमा हुन लागेको ७२औँ महासभा बैठकमा नेपालमा शरणागत जीवन बिताइरहेका भुटानीको समस्यालाई गम्भीर ढंगले उठाइदिन आग्रह गरिएको बताए ।
विज्ञप्तिमा भनिएको छ, “झापा र मोरङका दुई वटा शिविरमा आश्रित भुटानी शरणार्थीलाई ससम्मान स्वदेश फिर्तीको मुद्दा सशक्त बनाउन पनि अब यो मुद्दालाई राष्ट्र संघमा उठाइदिन जरुरी छ ।”
उनले भने, “भुटान सरकारलाई दबाब दिनका लागि महासभाको बैठक अत्यन्त अनुकूल छ, यसबाट शरणार्थी आशावादी रहेका छन् । हामीले वर्षौंदेखि स्वदेश फर्कन पाउनुपर्ने माग गर्दै आएका छौँ, हाम्रो समस्या महासभामा उठाइए अन्तर्राष्ट्रिय मुद्दा बन्ने छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगर : ४ वडाका ९२२ जना महिलाको क्यान्सर परीक्षण सम्पन्न
-
प्रिमियर लिग : शेफिल्डलाई हराउँदै म्यानचेस्टर युनाइटेड विजयी
-
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने
-
असीऔँ जन्मदिनमा नोन्जोम कामीले पाइन् नागरिकता
-
इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
-
गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित