बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

डाक्टरका कुराः समय अगावै छुन्छ बुढेसकालले, यदि गरे यी  १० गल्ती

शनिबार, ३१ भदौ २०७४, १४ : १०
शनिबार, ३१ भदौ २०७४

बिहानदेखि बेलुकासम्म हामी यस्ता विभिन्न गल्ती गर्छौं जसले हाम्रो शरिरमा नराम्रो असर पुर्याउने गर्दछ । यीमध्ये केही यस्ता गल्ती हुन्छन् जसका कारण हामीलाई समयअगावै बुढ्यौलीले छुने गर्दछ । यदि यी कुरामा ध्यान दिएर समाधान निकाल्न सके कम उमेरमा नै बुढो देखिने समस्याबाट बच्न सकिन्छ । म्याक्स हेल्थ केयरका डर्मेटोलोजिस्ट डा. अपूर्व जैनले कम उमेरमा नै बुढो देखिन सहयोग गर्ने केही गल्तीबारे जानकारी दिएका छन् ।

१. पर्याप्त नसुत्नुः

थुप्रै अनुसन्धानले यो पुष्टि गरेको छ कि यदि हामी राती ७ देखि ८ घण्टा नसुते यसले तनाव, मुटु रोग र उच्च रक्तचापको समस्या निम्त्याउँछ । यो गल्तीले समय अगावै बुढा बनाउन सक्छ ।

२. तनावमा रहिरहनुः

लगातार तनावमा रहँदा शरिरमा केही यस्ता हर्मोन बन्न थाल्छ जसले शरिरमा नराम्रो असर पुर्याउने गर्दछ । यसले अनुहारमा समय अगावै चाउरी निम्त्याउने गर्दछ ।

३. लगातार बसिरहनुः

लगातार थुप्रै घण्टासम्म एकै ठाउँमा बसिरहँदा खाना राम्रोसँग पच्दैन । यस्तोमा तपाईं मोटोपनाको शिकार हुनुहुनेछ जसले तपाईंको स्वास्थ्यमा नकारात्मक असर पुर्याउने गर्दछ र समय अगावै बुढो देखाउँछ ।

४. कम पानी पिउनुः

दिनभरी सात देखि आठ गिलास पानी नपिउँदा शरिर हाइड्रेट हुन पाउँदैन । यस्तोमा छाला रुखो हुने गर्दछ जसले चाउरी पर्ने गर्दछ ।

५. नशाको लतः

रक्सी, गाँजा, चुरोट र लागुपदार्थको नशा छ भने शरिरमा कार्टिसोल नामक हर्मोन बन्न थाल्छ । यसले तनावलाई बढाउने ष्र्दछ र समय अगावै बुढा पनि ।

६. एकैपटक थुप्रै काम गर्दाः

एकैपटक थुप्रै काम गर्दा ऊर्जा त खर्च हुन्छ नै साथै तनाव पनि बढ्ने गर्दछ । यसले दिमाग र मुटुमा नराम्रो असर पर्ने गर्दछ ।

७. नास्ता नगर्दाः

बिहानको नास्ता नगर्दा दिनभरी थकान र कमजोरीको समस्या हुने गर्दछ । यसले छालामा नराम्रो असर पुर्याउने गर्दछ र हामी समयपूर्व नै बुढो देखिन थाल्छौं ।

८. अस्वस्थकर खाना खाँदाः

खानामा दुध, दही, पनिर, हरियो सागसब्जी वा अण्डा, माछा, चिकन, मटनजस्ता खानेकुरा समावेश नगर्दा शरिरले आवश्यक पोषक तत्व प्राप्त गर्दैन । यसो हुँदा व्यक्ति उमेरभन्दा अघि नै बुढो देखिन थाल्छ ।

९. सनस्क्रिन नलगाउँदाः

सनस्क्रिन नलगाउँदा घामको तेज किरणले छालामा प्रत्यक्ष असर पुर्याउने गर्दछ । यसले छालाको रङ र नरमपन दुबैलाई कम गर्दछ ।

१०. व्यायाम नगर्दाः

दैनिक बिहान व्यायाम नगर्दा शरिर फिट हुँदैन । यसले मोटोपना, अपच, एसिडिटी र कब्जियतको समस्या हुन थाल्छ । यस्तोमा समयपूर्व नै बुढ्यौलीले छुने गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप