शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उद्योगी शंकरलाल अग्रवाल प्रबल जनसेवा श्री(चतुर्थ)बाट विभूषित

शनिबार, ०३ असोज २०७७, १७ : ५८
शनिबार, ०३ असोज २०७७

काठमाडौँ । सरकारले पाँचौं संविधान दिवसका अवसरमा एक दर्जन भन्दा बढी उद्योगी व्यवसायीलाई विभिन्न मानपदवी, अलंकार र पदकले विभूषित गरेको छ ।

यस बर्ष शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई प्रबल जनसेवा श्री(चतुर्थ) बाट विभूषित गरिएको हो । शंकर ग्रुप शंकरलाल अग्रवालको अध्यक्षतामा स्थापित एक व्यवसायी ग्रुप हो, जसले छोटो समयमा नै नेपालको अर्थतन्त्रमा आफ्नो ठुलो योगदान दिन सफल भएको छ । 

यस ग्रुपले सिमेन्ट, छड, स्टिल पाइप, प्लाष्टिक प्याकेजिनङ इत्यादि निर्माण गर्दै देशको अर्थतन्त्रमा योगदान पुर्याउदै आएको छ ।

शंकर ग्रुपले यो सम्मानले देश र समाजप्रतिको दायित्व बढाएको प्रतिक्रिया दिएको छ । साथै ग्रुपले अहिले गरिरहेका सम्पूर्ण सामाजिक कार्यहरुलाई निरन्तरता दिइरहने प्रतिबद्धता व्यक्त गरेको छ ।

संबिधान दिवसको अवसरमा सरकारले ५ सय ८६ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभूषित गरिने घोषणा गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप