शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पाठकको माङगेनाः नेपाल मन्थन पेपर व्याकमा सार्वजनीक

शनिबार, ३१ भदौ २०७४, २० : ३६
शनिबार, ३१ भदौ २०७४

चितवन – साहित्यकाकर तथा उपन्यासकार युग पाठकको माङगेनाः नेपाल मन्थन पेपर व्याक संस्करण चितवनमा विमोचित भएको छ ।


कार्यक्रममा पुस्तक विमोचन गर्दै पत्रकार तथा टिप्पणीकार झलक सुवेदीले पुस्तकले विभिन्न विषयमा बहसको ढोका खोलेको भन्दै यस्ता अरु पुस्तकहरु प्रकाशनमा ल्याउनु पर्ने आवश्यकतामा जोड दिए ।कार्यक्रममा सुवेदीले पुस्तकले प्रश्नहरु हराएको समयमा प्रश्नहरु मार्फत स्थापित भाष्यमा आलोचनात्मक दृष्टिकोण राखे पनि पुस्तकले भविष्यको दिशा दिन नसकेकोमा पुस्तक चुकेको बताए ।


कार्यक्रममा पुस्तकका लेखक पाठकले इतिहासको भाष्य गलत ढंगले निर्माण गरिएको भन्दै त्यसलाई सहि ढंगले जनताको दृष्टिकोणबाट लेखिनु पर्ने आवश्कता देखेर आफूले पुस्तक लेखेको बताए ।‘मैले उपन्यास लेखनमा आफ्नो समय विताई रहेको थिएँ तर जब उपन्यासको पात्रलाई पच्छ्याउँदै इतिहासको गर्तमा पुगेँ र जनताको इतिहास के हो भन्ने बारे खोज्न लाग्दा यो किताब लेख्न पुगेँ’, उनले भने ।


कार्यक्रममा विभिन्न क्षेत्रबाट सहभागि भएकाहरुले विभिन्न कोणबाट आ आफ्नो प्रश्न राखेका थिए । कार्यक्रममा चितवनका अध्ययता विनोदखण्ड तिमिल्सेना, झलक सुवेदी र युग पाठकका बीच पत्रकार नरेश ज्ञवालीले प्यानल बहस चलाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप