मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

आन्तरिक उडान खुलेसँगै गौतमबुद्ध विमानस्थलमा बढ्यो चलहपहल (फोटोफिचर)

सोमबार, ०५ असोज २०७७, १४ : ३३
सोमबार, ०५ असोज २०७७

बुटवल । सरकारको निर्णयपछि सोमबारदेखि आन्तरिक उडान सञ्चालनमा आएसँगै भैरहवामा रहेको गौतमबुद्ध विमानस्थलमा चलहपहल सुरु भएको छ । झण्डै ६ महिना सुनसान रहेको विमानस्थालको आज आन्तरिक उडान सुरु भएसँगै चहलपहल सुरु भएको विमानस्थलका निर्देशक टेकराज पोखरेलले जानकारी दिए ।

आज विमानस्थलमा बुद्ध र यति एयरलाइन्सका तीन जहाजले उडान भर्नेछ । आज बुद्ध एयर दुईबटा उडान गर्ने तालिका रहेको बुद्ध एयरलाइन्स भैरहवामा प्रवन्धक दर्शन घिमिरले रातोपाटीलाई बताए । 

विमानस्थलका निर्देशक पोखरले सवै स्वास्थ सुरक्षा मापदण्ड अपनाएर आन्तरिक उडान गरिएको बताए । सरकारले बनाएको मापदण्ड र डव्लुएचओको मापदण्ड भैरहवा विमानस्थलमा पालना भएको उनको भनाइ छ । 

उनले मास्क नलगाएका व्यक्तिलाई विमानस्थलको मुल गेटबाट नै प्रवेशमा रोक लगाउको लागि सुरक्षाकर्मीहरुलाई निर्देशन दिइएको बताए । यस्तै ज्वरो भएका व्यक्तिलाई विमान चढ्नका लागि रोक लगाइएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप