बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एसीसी अन्डर १९ इस्टर्न रिजन क्रिकेट : जीतका लागि नेपालसामु ७७ रनको लक्ष्य

आइतबार, ०१ असोज २०७४, ०९ : ३४
आइतबार, ०१ असोज २०७४

काठमाडौँ । एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनल खेलमा नेपालले जीतका लागि ७६ रनको लक्ष्य पाएको छ ।

मलेसियाको किनरारा ओभल मैदानमा जारी खेलमा हङकङ मात्र ७६ रनमा अलआउट हुन पुगेको हो ।

खेलमा टस जितेर नेपाली टोलीले हङकङलाई ब्याटिङको निम्ता दिएको थियो ।

नेपालले पहिलो ओभरदेखि नै प्रतिद्वन्द्वीलाई दबाबमा राखेको थियो । नियमित रुपमा हङकङको विकेट लिँदै नेपाली बलरहरुले कुनै पनि ब्याटसम्यानलाई खुलेर खेल्न दिएनन् ।

नेपालका लागि सन्दीप लामिछाने र सहबाब आलमले समान ३–३ विकेट लिए ।

हङकङका लागि हरप्रित सिंहले सर्वाधिक २० रन बनाए भने जथाभेदले १६ रनको योगदान दिए ।

अहिले नेपालले ब्याटिङ गरिररहेको छ । नेपाल प्रतियोगितामा अपराजित रहेको छ ।

लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस् :

नेपाल यू–१९ इस्टर्न रिजन क्रिकेट फाइनल : नेपाल विरुद्ध हङ्गकङ्ग (लाइभ)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप