शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएन अमेरिकाको ईलिनोई च्याप्टरको सपथ ग्रहण

आइतबार, ०१ असोज २०७४, ०९ : ५१
आइतबार, ०१ असोज २०७४

अमेरिका -गैर आवसीय नेपाली संघ, अमेरीका ईलिनोई राज्य कमिटिका नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण भएको छ । 
संस्थाका बरिष्ठ सदस्य दलबहादुर श्रेष्ठले नबनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई सपथ ग्रहण गराएका थिए । 

सिकागोल्यण्डमा भएको कार्यक्रममा त्यहाँ रहेका बिभिन्न स्थानीय संघसंस्थाका प्रतिनीधिलगायत सर्बसाधारणको उपस्थिति थियो।
एनआरएन ईलिनोई च्याप्टरको कोषाध्यक्ष ईस्वरी पाठकको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सदस्य बिनोद शाहले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । 

तत्कालीन सचिब तथा नबनिर्बाचित सभापति सत्य नारायण चौधरीले संस्थाको प्रगति प्रतिबेदन तथा भाबी कार्य योजना पेश गरेका थिए । 

कार्यक्रममा नेपाल सरकारका पर्यटन दूत बाला घिमिरे, सिकागोल्याण्ड नेपाली फ्रैण्डसिप सोसाईटीका सभापति टेकराज पौडेल, लायन्स क्लब सिकागोका सभापति रमाकान्त खरेल, नेपाली अमेरीकन सेन्टरका सभापति डा। बिष्णु फुंयालले नयॉ पदाधीकारीहरूलाई शुभकामना ब्यक्त गरेका थिए । 

त्यसैगरी शुभकामना ब्यक्त गर्नेहरूमा ओएनएफ अमेरीकाका उपसभापति गोपाल कंडेल, ईलिनोई जनसम्पर्क समितिका कोषाध्यक्ष बिजय रेग्मी, सिकागोल्यण्ड थारू सोसाईटीका उपसभापति मुकेश कुमार चौधरी, नेवा अमेरीकन धाबुका सभापति उदय महर्जन थिए । 

समाजसेवी सुरज घिमिरे, मधु बुढाथोकी लगायतका ब्यक्तित्वले पनि नयॉ कार्य समितिका पदाधिकारीलाई शुभकामना तथा निबर्तमान कमिटीका पदाधीकारीलाई धन्यबाद ज्ञापन गरेका थिए । 

सपथ लगत्तै एनआरएन ईलिनोई च्याप्टर सभापति सत्यनारायण चौधरीको अध्यक्षतामा बसेको नयाँ कार्यसमितिको बैठकले आगामी अक्टूबर महिनामा एनआरएन डे मनाउने, एक महिना भित्र च्याप्टरको आफ्नै कार्यालय स्थापना गर्ने, एनआरएन ईलिनोई आपतकालीन कोष स्थापना गर्ने, आगामी समर मैसममा सिकागोमा सबै एनआरएन च्याप्टरका खेलाडीलाई आमन्त्रण गरी पहिलो ईन्टर स्टेट खेलकुद प्रतियोगिता आयोजना गर्ने, र सिकागोल्याण्ड कम्यूनिटी सेन्टर स्थापनाका लागि स्थानीय संघसंस्थाहरू संघ छलफल अगाडि बढाई  चॉडै टाउनहॉल मिटिंग गर्न पहल गर्ने निर्णय गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप