बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएन अध्यक्षका प्रत्यासी भवन भट्टका के–के छन् प्रतिबद्धता ?

आइतबार, ०१ असोज २०७४, ११ : ११
आइतबार, ०१ असोज २०७४

काठमाडौं–गैरआवासीय नेपाली संघ(एनआरएन)को आठौं विश्व सम्मेलनका लागि अध्यक्षको उम्मेदवारी घोषणा गरेका भवन भट्टले आफ्ना प्रतिवद्धताहरु सार्वजनिक गरेका  छन् । 
उनले आफ्नो प्रतिबद्धतामा गैर आवासीय नेपाली संघले हालसम्म लिएको निर्णयहरुको  निरन्तरता दिने बताएका छन् । उनले लाप्राक नमूना वस्ती ,एनआरएन भवन निर्माण ,भिजन ट्वान्टी –ट्वान्टी एण्ड वियोन्डको निरन्तरता दिने बताएका छन् । वर्तमान कार्यसमितिले अगाडि सारेका सामुहिक लगानीका परियोजना निर्माण ,अतिथी देवो भव ,वैदेशिक रोजगार कोषको विस्तारलाई आफ्नो एजेण्डा बनाएका छन् । 
एनआरएनले शुरुवातका चरणदेखि उठाउँदै आएको तर कार्यान्वयन फितलो देखिएको दक्ष बौद्धिक जमतालाई नेपाल भित्राउने एजेण्डा पनि भट्टले समावेश गरेका छन् । गैर आवासीय नेपाली संघद्धारा निर्मित एसकेआई कमिटी मार्फत नेपालको बौद्धिक पलायन रोकि बाहिरिएकाहरुलाई नेपाल फर्काउन व्यापक पहल गर्ने जारी प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ । 
भट्टले एनआरएनले बर्तमानमा निरन्तरता दिएका कार्यको अतिरिक्त आफ्ना केहि नयां प्रतिवद्धता पनि सार्वजनिक गरेका छन् । वैदेशिक रोजगारी आपतकालिन कोषलाई सदुपयोग गरि गैर आवासीय नेपाली संघमा आवद्ध रोजगारीमा रहेका नेपालीहरुको विमा गरिने उल्लेख गरेका छन् । कोषमा हालसम्म रु. दुई करोड ५० लाख संकलन भएको छ ।   कोषको लागि वर्तमान अध्यक्ष शेष घले र भट्टले सहयोग गरेको एक ÷एक करोड सहयोग गरेका छन् । 
भट्टले महिला फोरमलाई सशक्त बनाइने प्रतिवद्धता व्यक्त गरेका छन् ।  साथै उनले स्टार्ट अफ फण्डलाई व्यवस्थित गराइने पनि बताएका छन् । एनआरएनलाई स्मार्ट एनआरएन बनाईने, हरेक एनसीसीमा एक विशेष परियोजनाको परिकल्पना  र उद्यमशिलतालाई प्रवद्र्धन गरि महिला तथा युवाको सहभागिता वृद्धि गरिने योजनाहरु ल्याइने बताएका छन् । 
गैर आवासीय नेपाली संघ, जापानको स्थापनाकालिन कार्यसमिति हुँदै  एनआरएनमा प्रवेश गरेका भट्टले राष्ट्रिय समन्वय परिषद् जापानको  अध्यक्ष  कार्यकाल बिताइसकेका छन् ।
भट्टले  एनआरएन अन्तराष्ट्रिय परिषद्को कोषाध्यक्ष हुँदै  उपाध्यक्षको दुई कार्यकालका लागि जिम्मेवारी समालेका थिए । गोर्खामा जन्मेका भट्टले जापानमा रेष्टुरेन्ट व्यवसायबाट आर्थिक फड्को मारेका थिए । नेपालमा संचारमा पनि लगानी गरेका उनले शुरु गरेको विवि एयरवेजले भने गति लिन नसकि बन्द अवस्थामा रहेको छ । 
नेपाल सरकारसंग हेटौडा –काठमाडौं सुरुङ मार्ग निर्माणका लागि स्विकृति लिएर स्थापना भएको नेपाल पुर्वाधार विकास कम्पनीको अध्यक्षको पदबाट भट्टले केहि समय अघि राजीनामा दिएका थिए । ७७ देशमा विस्तारित भएको एनआरएनको विश्व सम्मेलन असौजको २८ देखि ३१ सम्म राजधानीमा हुँदैछ । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप