बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

असोजको पहिलो दिन नेप्से दोहोरो अंकले उक्लियो, ७८ करोडमाथि कारोवार

आइतबार, ०१ असोज २०७४, १६ : ०२
आइतबार, ०१ असोज २०७४

काठमाडौं–असोज महिनाको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.६३ अंकले बढेको छ । योसँगै बजार १५४७.९४ विन्दुमा उक्लिएको छ । 
एक सय ५९ कम्पनीको १६ लाख ६२ हजार २ सय २६ कित्ता सेयर किनवेच भएको आज ७८ करोड ३७ लाख ६८ हजार एक सय १९ रुपैयाँको कारोवार भएको नेप्सेले जनाएको छ । आज होटल, फाइनान्स र ‘अन्य’ समूह वाहेक सवै समूहको सूचक हरियो भएका छन् । 
आज बैकिङ समूहको सूचक २५.१३ अंकले बढेको छ भने ट्रडिङको सूचक १८.८३ अंकले बढेको छ । यस्तै, विकास बैंक समूहको सूचक ८.८८ अंकले बढेको आज जलविद्युत समूहको सूचक ४.४१, बीमा समुहको सूचक ४३.१४ र उत्पादनमुलक समूहको सूचक १८.१४ अंकले बढेको छ । होटल समूहको सूचक भने १४.७२ अंकले घट्दा फाइनान्स समुहको सूचक १.८४ र अन्य समूहको सूचक ०.५८ अंकले घटेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप