शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दशैं बजारः यस्ता छन् सपिङ सेन्टरका थरीथरीका अफर

आइतबार, ०१ असोज २०७४, १६ : २८
आइतबार, ०१ असोज २०७४

काठमाडौं– दशैं सुरु हुन अब केही दिन मात्र बाँकी छ । यतिवेला दशैंका लागि किनमेल गर्नेको भीडभाड हुने राजधानीका सपिङ सेन्टहरुमा कतै छुटै छुटको अफर चलिरहेको छ भने कुनै सुनसान देखिएका छन् । 

काठमाडौंमा मुलुकका ७५ जिल्लाका मानिसको ठूलो संख्या बसोबास गर्ने भएकाले पनि यस्ता किनमेल केन्द्रहरु चाडवाडको समयमा भिडभाड र व्यस्त देखिने गरेका छन् । खासगरि, काठमाडौंका सुनधारा, न्युरोड, नयाँ बसपार्क, कोटेश्वर, बानेश्वर, चावहिल लगायतका धेरै स्थानमा रहेका ठूला सपिङ सेन्टरमा दशैं–तिहारको अवसर पारेर विभिन्न छुट अफर चलिरहेका छन् । ती सपिङ सेन्टरले नगद छुट सहित सुनचाँदी, मोवाइल, ल्यापटपदेखि मोटरसाइकलसम्म जित्न सक्ने अफर सुरु गरेका हुन् । 

सपिङ सेन्टरमा किनमेल गर्दा हातखाली नहुने उपहारदेखि बम्परमा मोवाइल, ल्यापटप, आइफोन, मोटसाइकल जस्ता उपहार पाउने भएपछि ग्राहकको भीड समेत थपिदै गएको छ । पछिल्लो समय युवा पुस्ता यस्ता सपिङ सेन्टरमा किनमेलका लागि आकर्षित हुने गरेको छ । घरायसी सामानदेखि ‘रेडिमेड’ सामान एकै स्थानमा पाउने भएकाले पनि यस्ता किनमेल केन्द्रमा मानिसको आकर्षण बढ्दै गएको हो । सपिङ सेन्टर सञ्चालकहरु पनि आम मानिसको आवश्यकता अनुसार आवश्यक उपभोग्य सामान एकै छातामुनी उपलब्ध हुने गरेको बताउँछन् । यसले मानिसलाई गुणस्तरिय सामान खरिद गर्न र समयको वचतमा सहयोग पुगेको सपिङ सेन्टर सञ्चालक बताउँछन् । 

यस्ता छन् सपिङ सेन्टरका अफर

सिभिल महल   

सिभिल मल काठमाडौको नाम चलेको सपिङ सेन्टर हो । सिभिलमा नयाँ बर्षदेखि मल व्यवस्थापनलेनै फिक्स प्राईज राखको छ भने केही अफर पनि छन् । 
सिभिलमा सबै उमेर समुहको लागि कपडा, बच्चाको लागि खेलौना, कस्मेटीक सामान, इलेक्ट्रोनिस समानदेखि आवश्यक पर्ने सबै प्रकारका समान उपलब्ध छन् । यहाँ स्टलमा १० देखि ३० प्रतिशत छुटको अफर छ । सिभिल मलमा भदौ २४ देखिनै दशै तिहार अफ सुरु भएको छ भने कार्तिक १८ गतेसम्म यो अफर चल्ने छ । सिभिलले बम्परमा एफजेट २५ वाइक, यामाहा स्कुटर तथा फ्यासिनोको बाइक उपहार राखेको छ । यस्तै, स्मार्ट टिभी, हिराको नेकलेस, रेफ्रिजेनेट, बासिङ मेसिन, स्मार्ट फोन पनि उपहार पाउने व्यवस्था छ । 

महिलाले लगाउने साडी, लेहेङगा,थ्रि पिस कुर्ता सुरुवात, कुर्तामा ३० प्रतिशतसम्म छुटको व्यवस्था छ ।

यूनाइटेड वल्ड ट्रेड


 

वल्ड ट्रेडमा मा पनि विभिन्न उपहा योजना सहित स्टलहरुमा भिडभाड देखिन थालेको छ । वल्ड टे«ड सेन्टरमा थुप्रै खाल योजना र छुट अफर चलिरहेका छन् । ग्राहकको चहल पहल वढेसँगै थुप्रै खातखाली नहुने उपहार पनि जित्ने मौका रहेको सेन्टरले जनाएको छ । यहाँ उपलव्ध सामान खरिदमा नगद सहित मोवाइल लगायतका सामान जित्न सक्ने अफर छ । 


सिटी सेन्टर


अन्य मल भन्दा सिटी सेन्टरमा अलि बढी तामझाम दखिएको छ । आधुनिक र आकर्षक विल्डङ भएको हुदा पनि धेरैको रोजाई पर्ने गरेको छ यो सेन्टर । सिटी सेन्टरमा मल शृङगारर्ने कामदेखि व्यापारीले ५० प्रतिशत सम्म छुटको अफर ल्याएका छन् । सिटी सेन्टरको तेश्रो तल्लामा रहेको टी २४ नम्बरको फेसन वर्डले भने भारी डिस्काउण्डको व्यवस्था गरेको छ । एउटा सामान किन्दा ५० प्रतिशत छुट पाउने र विषेशत महिलाको लागि आवश्यक पर्ने कपडादेखि सबै समानहरु राखिएको जनाइएको छ । 
 
काठमाडौ मल


काठमाडौ मल १० बर्षदेखि ग्राहकलाई सेवा दिदै आइरहेको छ । गत बर्ष दशैमा ग्राहक तान्न निकै तामझाम गरेको यो मल यो दशैमा भने सुनसान छ । दशै नजिकिदै गर्दा काठमाडौ मलमा कुनै तामझाम देखिदैन । गत बर्ष दशै विषेश कन्सर्ट, फ्रिज, मोटरसाईकल अफर राखिएको थियो । तर यो वर्ष भने कुनै पनि दशै विषेश छुटको व्यवस्था मलबाट भएको छैन्। 


काठमाडौ मल व्यापार व्यवसायी संघका अध्यक्ष उदिन शेखले भने अघिल्लो वर्ष भन्दा ५० प्रतिशत व्यापार कम हुने बताए ।  वर्षभरी महङगोमा कपडा किन्ने ग्राहकलाई दशैमा केही सहुलियत दिदै आईरहेका छन् । यो वर्ष तराईमा आएको बाढी र २ नम्बर प्रदेशको कारणले पनि घटेको शेखको भनाई छ । २ सय ६५ वटा स्टल रहेको यो मलमा अहिले सम्मको व्यापार हेर्ने हो भने गत वर्ष भन्दा ५० प्रतिशत कम छ ।
     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप