बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कुबेर मर्चेन्ट फाइनान्सका अध्यक्षद्वारा पदभार ग्रहण

आइतबार, ०१ असोज २०७४, १८ : ५३
आइतबार, ०१ असोज २०७४

काठमाडौँ – कुबेर मर्चेन्ट फाइनान्स लिमिटेडका अध्यक्ष चन्द्र टण्डनले पदभा ग्रहण गरेका छन् । उनले राष्ट्र बैंकका वित्तिय संस्था नियमन विभागका प्रमुख नारायण प्रसाद पौडेलवाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । 

सपथ ग्रहणको अवसरमा बैंक तथा वित्तिय संस्था नियमन विभागका अन्यपदाधिकारी लगायत कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव गोपाल घिमिरेको उपस्थिति रहेको जनाइएको छ । 

कम्पनीको हालै सम्पन्न ११ औं वार्षिक साधारण सभाबाट नयाँ लगानीकर्ताको तर्फबाट सञ्चालकमा टण्डन सञ्चालक समितिको अध्यक्षमा चयन गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप