शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गैरआवासीय नेपाली संघ अमेरिकाको नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण सम्पन्न

आइतबार, ०१ असोज २०७४, १९ : ११
आइतबार, ०१ असोज २०७४

विजय थापा

बाल्टिमोर ।  गैरआवासीय नेपाली संघ (एनआरएन अमेरिका) को नवनिर्वाचित राष्ट्रिय समन्वय समितिका पदाधिकारीहरुको सपथ ग्रहण सम्पन्न भएको छ ।

अमेरिका भर रहेका राज्यमा खुलेका शाखाहरुका पदाधिकारी र समितिका निर्देशकहरुलाई प्रमुख निर्वाचन आयुक्त अधिवक्ता बन्दिता शर्मा दाहालले संयुक्त रुपमा पदभार र गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले लगायत अन्य पदाधिकारी, राजदुत अर्जुन कुमार कार्की तथा अन्य विशिष्ट व्यक्तिहरुलाई साक्षी मान्दै सपथ ग्रहण गरेका छन् ।

नव निर्वाचित सवै पदाधिकारीहरुलाई प्रमुख अतिथि अर्जुन कुमार कार्की ,अध्यक्ष शेष घले लगायत अन्यले प्रमाण पत्र बितरण गरेका थिए ।

एनआरएन अमेरिकाको अध्यक्षमा पुनः दोश्रो पटक चिकित्सक केशब पौडेल निर्वाचित को साथै २२६ उम्मेदवारहरु मध्ये ४८ जना मतदानबाट बिजयी, १०७ जना निर्विरोध निर्वाचित भएका थिए । सपथ ग्रहण कार्यक्रम संचालन गैर आवासीय नेपाली संघ अमेरिकाका पूर्व वरिष्ठ उपाध्यक्ष लोकनाथ तिवारीले गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप