मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ५ को स्थायी राजधानी देउखुरी राख्न संसदमा प्रस्ताव : दाङमा खुसीयाली, बुटवलमा आन्दोलन

शुक्रबार, १६ असोज २०७७, १८ : ४४
शुक्रबार, १६ असोज २०७७

काठमाडौं । प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी राख्न प्रदेश सभा बैठकमा प्रस्ताव दर्ता भएको भएपछि  प्रदेश ५ मा तरंग पैदा भएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले नाम र स्थायी राजधानीको प्रस्ताव शुक्रबार सदनमा पेश गरेपछि प्रदेश ५ मा एक एक नयाँ तरंग पैदा भएको हो ।


जसले बुटवललगायतका क्षेत्रमा आन्दोलन सुरु भएको भने दाङमा भने खुसीयाली छाएको छ । दाङका प्रदेशसभा सदस्य ईन्द्रजित थारुले देउखुरीमा राजधानी राख्ने प्रस्तावमा खुसी व्यक्त गरे । उनले यसलाई अवसरको रुपमा लिने भन्दै भौगिक र प्रशासनिक सुगमता हिसावले देउखुरी सबैलाई पायन पर्ने बताए ।

नेकपा रुपन्देहीका  प्रदेशसभा सदस्य  दघिराम शर्मा न्यौपानले आफुहरु बुटवलको पक्षमा रहेको भन्दै भोलि पार्टीको बैठकपछि मात्र थप प्रतिकृया दिने बताए । उनले प्रस्ताव ल्याउँदैमा सबै नहुने भन्दै प्रस्तावमा संशोधनका लागि पार्टीमा आफुहरुले कुरा उठाउने बताए । नेकपा प्रदेश संसदीय दलको बैठक शनिबार विहान बस्दै छ ।

जनता समाजवादी पार्टीका रुपन्देहीका सासद सन्तोष पाण्डेयले अहिले सरकारले कोरोना नियन्त्रणमा ध्यान मोर्डनको लागि प्रस्ताव ल्याएको भन्दै गलत समय झुक्काएर प्रस्ताव ल्याएको आरोप लगाए । उनले बुटवललाई स्थायी राजधानी बनाउँदा सबैैलाई  हरेक हिसावले ठीक हुने बताए ।

सरकारले झुक्काएर प्रस्ताव ल्याएको भन्दै राजधानी अन्यत्र लैजाने प्रयासविरुद्ध आफूहरुले सदनदेखि सडकसम्म विरोध गर्ने उनले चेतावनी दिए । 

उनले भने,'हामीले आज पनि सदनमा उठेर विरोध गरेका थियो । तर १९ गतेसम्मको लागि बैठक स्थगित गरिएको छ । अव हामीले यहाँ राजधानी हटाउने षडयन्त्र भएका सडकबाट कडा विरोध गर्नुको विकल्प छैन जसरी पनि बुटवलका रहेक कारण राजधानी ठीक त्यहि नै राख्नुपर्छ ।'

 दाङका प्रदेशसभा सदस्य रेवती रमण सर्माले दाङ सबै हिसावले उपयुक्त भएका कारणले सरकारले प्रस्ताव लगेको बताए । उनले भोलिको विकासलाई मध्यनगर गर्दे उपयुक्त ठाउँमा राजधानी राखिएको बताए । उनले दाङ राजधानी हुँदैमा बुटवलको विकासलाई असर नपर्ने बताए । 

उनले भोलि पार्टी संसदीय दलको बैठक बस्ने र फेरि सदनमा छलफल हुने बताए । नयाँ ठाउँमा राजधानी बनाउदाँ त्यो विकास पनि हुने भएको सवै हिसाव भावी दिनको ध्यान राख्दै राजधानी टुग्गाउनु पर्ने बताए ।

नेपाली कँग्रेसका पाल्पाका सांसद विरबहादुर रानाले पहिलो सरकारले गरेको निर्णय अनुसार बुटवल नै बिभिन्न दिष्ट्रिकोणबाट उपयुक्त भएको बताए ।


उनले यहाँ भौतिक पुर्वधार, नजिकैको विमानस्थल आदि अध्ययन गरेर पहिलेको सरकारले निर्णय गरेकोले त्यसलाई नै निरन्तरा दिनुपर्ने भन्दै पार्टीभित्र छलफल गरेर आगामी दिशा तय गर्ने रातोपाटीलाई बताए ।

नेपाली काँग्रेस रुपन्देहीका सांसद फकरुदिन खानले सरकारले चोर बाटोबाट प्रस्ताव ल्याएको अरोप लगाए  । उनले सदन पनि उठेर विरोध गरेका थिए । राजधानीका बिषय बनेको संसदको विशेष समितिको प्रतिवदेन सासदहरु अध्ययन गर्न नदिई कार्यसूचीबाट हटाउँदै प्रस्ताव ल्याएको बताए । 

उनले प्रस्ताव ल्याउने शैली गलत भएकोले अव बुटवलबाट राजधानी बाहिर लैजाने विषय कडा विरोध गर्ने चेतवानी दिए । 'यसरी ल्याउनु थियो भने बिषय समिति किन गठन गर्नु गरेको ? अनि  विज्ञ समुह किन राखिएको हो । अनि यत्रो समय किन ढिलाई गर्नु परेको हो ? ,' उनको पश्न थियो । 

उनले पहिले राजधानी ईन्च र टेपले नापेर नबन्ने भन्दै बुटवल हरेक हिसावले  ठीक रहेको बताए । शुक्रबारको प्रस्तावले ल्याएको तरंगसगै दल र नेताहरु छलफल र भेटघाटमा छन् । नेकपा संसदीय दलले शनिबार बिहान ८ बजे बैठक बस्ने छ ।


खासगरी नेकपाभित्रै राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोक्कको लागि ढिलाई भएको थियो । रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेशसभा मतभेद पहिल्यै देखि छ । 

नेकपा प्रदेश ५ का पार्टी इञ्चार्जसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेल दाङमा राजधानी बनाउने पक्षमा छन् भने नेकपा महासचिव विष्णु पौडेल बुटवलको पक्षमा छन् । संविधान बमोजिमको उक्त ५२ सिटलाई ६० प्रतिशत मानी बाँकी रहेको ४० प्रतिशत सिटमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने ३५ जना गरी जम्मा ८७ जना सदस्य रहेको प्रदेश सभा गठन भएको छ । 

जसमा  नेकपाका ६१, नेपाली काँग्रेस १९ जसपाका ६ र जनमोर्चाका १  सांसद रहेका छन् । प्रदेश सभामा नेकपाको दुई तिहाई मत रहेको र केन्द्रबाटै ह्विप जारी भएकाले राजधानीको विषयमा दुई तिहाइ मत पुग्ने देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप