बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यो दिशामा सिरानी बनाउँदा कहिल्यै हुँदैन धनको कमी

शनिबार, १७ असोज २०७७, ०९ : ४५
शनिबार, १७ असोज २०७७

एजेन्सी – हिन्दु धर्ममा हरेक कार्यको नियम बनाइएको पाइन्छ । हरेक कार्यलाई धर्म र अनुशासनको नियमले बाँधिएको छ । शास्त्रका अनुसार जब दिनभर काम गरेर थकान महसुस हुन्छ र हामी निदाउनका लागि बिस्तारामा जान्छौँ त्यतिबेला पनि दिशाको ख्याल गर्नुपर्ने हुन्छ । कुन दिशामा सिरानी राखेर सुत्दा कस्तो लाभ हुन्छ भन्ने कुरा हिन्दु धर्म शास्त्रमा उल्लेख भएको पाइनछ । 

बास्तु शास्त्रको अनुसार पूर्व दिशामा सिरानी राखेर सुत्दा विद्याको कहिल्यै कमी हँदैन । यसरी सुत्दा सकारात्मक उर्जा प्राप्त हुने उल्लेख गरिएको छ । भने, यसरी सुत्दा एकाग्रता समेत बढ्ने बताइन्छ । 

पश्चिम दिशामा सिरानी राखेर सुत्दा नाम, इज्जत र पहिचान पनि बढ्ने विश्वास गरिन्छ । 

उत्तर दिशामा सिरानी राखेर सुत्नु हिन्दु धर्म शास्त्रमा खतरनाक मानिन्छ । यो दिशामा सिरानी राख्दा विभिन्न प्रकारका रोगहरुले आक्रमण गर्ने बताइन्छ । 

यसैगरी, दक्षिण दिशामा सिरानी राखेर सुत्दा कहिल्यै धनको कमी हुँदैन । दक्षिण दिशामा सिरानी राख्दा जीवनमा धन, खुशी र समृद्धि प्राप्त हुने शास्त्रमा उल्लेख गरिएको छ । साथै, यसरी सुत्दा सकारात्मक उर्जा समेत प्राप्त हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप