वर्षाले प्रभावित खेलमा भारतद्वारा अस्ट्रेलिया पराजित, पाण्डेय बने नायक
चेन्नाई । हार्दिक पाण्डेयको उत्कृष्ट खेलको मद्दतले भारतले अस्ट्रेलियालाई पहिलो एकदिवसीय खेलमा पराजित गरेको छ ।
वर्षाले प्रभावित बनेको खेलमा भारत डकवर्थ लेविस आधारमा २६ रनले विजयी भएको हो ।
भारतले पहिलो ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ८१ रन बनाएको थियो ।
तर, वर्षाका कारण लामो समय खेल रोकिएपछि खेल छुट्याएर अस्ट्रेलियालाई २१ ओभरमा १ सय ६४ को लक्ष्य दिइएको थियो ।
जवाफमा अस्ट्रेलियाले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा मात्र १३७ रन बनाउन सक्यो ।
अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ३९ तथा जेम्स फल्कनरले ३२ रन र डेभिड वार्नरले २५ रन बनाउन बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
अस्ट्रेलियालाई रोक्न युजवेन्द्र चाहालले तीन तथा कुलदीप यादव र हार्दिक पाण्डेयले २–२ विकेट लिए ।
यसअघि, म्यान अफ द म्याच बनेका पाण्डेयले भारतलाई ११ रनमा ३ विकेटको क्षतिबाट उकास्दै २ सय ८१ रन बनाउन मद्दत गरेका थिए ।
भारत खराब स्थितिमा रहेको बेला पाण्डेयले विष्फोटक ब्याटिङ गर्दै ६६ बलमा ८३ रन बनाए । उनलाई महेन्द्र सिंह धोनीले ७९ रन बनाएर राम्रो साथ दिए ।
त्यस्तै भारतका लागि केदार जाधवले ४० तथा विनय कुमारले ३२ रनको योगदान दिए ।
अस्ट्रेलियाका लागि नाथन काउल्टर नाइलले ३ तथा मार्कस स्टोइन्सले २ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा