शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एभर्टनबिरुद्ध युनाइटेडको गोलको वर्षा, चेल्सी र आर्सनल रोकिए

सोमबार, ०२ असोज २०७४, ०९ : ५४
सोमबार, ०२ असोज २०७४

म्यान्चेस्टर । रोमेलु लुकाकुले आफ्नो पूर्व क्लबबिरुद्ध गोल गर्दा म्यान्चेस्टर युनाइटेडले एभर्टनलाई पराजित गर्दै शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीसँग अंक बराबर गरेको छ ।

उता, वेयन रुनी ओल्ड ट्राफोड फर्किएको खेलमा एभर्टनले खेलको अन्त्यतिर तीन गोल खाँदा ४–० गोलको भारी अन्तरले पराजित हुन पुग्यो ।

पराजयसँगै एभर्टन प्रिमियर लिगको टेबलको अन्तिम तीनमा पुगेको छ ।

एभर्टनले यो सिजन निकै खराब शुरुवात गरेको छ । सबै प्रतियोगितामा लगातार चौँथो हार बेहोर्ने क्रममा एभर्टनले एक पनि गोल गर्न सकेको छ ।

युनाइटेडको घरेलु मैदानमा भएको खेलमा एन्टोनियो भ्यालेन्सियाले टोलीलाई खेलको चौँथो मिनेटमा नै अग्रता दिलाएका थिए ।

तर, त्यसपछि खेलमा लामो समय हुन सकेन । खेलको अन्त्यतिर भने १० मिनेटको अन्तरालमा युनाइटेडले तीन गोल गरेको थियो ।

हेनेरिक मिखेतारियनले खेलमो ८३ औँ मिनेटमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए भने लगत्तै लुकाकुले अर्को गोल थपे ।

इन्जुरी समयमा पेनाल्टीबाट एन्टोनियो मार्सियालले अर्को गोल थपे ।

युनाइटेडले एभर्टनलाई प्रिमियर लिगमा पराजित गरेको यो ३४ औँ पटक हो । 

जीतपछि युनाइटेडको ५ खेलबाट १३ अंक रहेको छ ।

उता, लण्डन डर्बीमा भने १० खेलाडीमा सिमित चेल्सी आर्सनलसँग गोलरहीत बराबरीमा रोकिएको छ ।

चेल्सीको घरेलु मैदानमा आर्सनलले अंक बटुलेको ६ वर्षमा पहिलो पटक हो ।

उता, चेल्सीले एन्टोनियो कोन्टेको नेतृत्वमा घरेलु मैदानमा गोल गर्न नसकेको यो पहिलो अवसर हो ।

खेलको अन्त्यतिर डेभिड लुइजले रातो कार्ड खाएपछि चेल्सी १० खेलाडीमा सिमित बनेको थियो ।

चेल्सी १० अंकसहित प्रिमियर लिगको तेस्रो स्थानमा रहेको छ भने आर्सनल लिगको १२ औँ स्थानमा रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप