शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बेलको उत्कृष्ट गोलको मद्दतले रियल विजयी

सोमबार, ०२ असोज २०७४, १० : ०८
सोमबार, ०२ असोज २०७४

म्याड्रिड । गेराथ बेलको उत्कृष्ट गोलको मद्दतले रियल म्याड्रिडले फर्ममा रहेको रियल सोसिडाडलाई पराजित गर्दै ला लिगामा अपराजित यात्रा कायम राखेको छ ।

पछिल्लो समय आलोचनाको केन्द्रविन्दुमा रहेका वेल्स खेलाडीले खेलको ६१ औँ मिनेटमा केभिन रोड्रिग्वेजलाई पछि छाड्दै रियलका लागि निर्णायक तेस्रो गोल गरेका थिए ।

करिम बेन्जेमा र क्रिस्टियानो रोनाल्डो बिना मैदानमा उत्रेको रियलका लागि स्ट्राइकर बोर्जा मायोरालले खेलको १९ औँ मिनेटमा पहिलो गोल गरेका थिए ।

तर, ९ मिनेटपछि नै फुलब्याक रोड्रिग्वेजले गोल फर्काएका थिए । पछि उनले नै आत्मघाती गोल गरेपछि रियलले पुनः अग्रता लिएको थियो ।

बेलको गोलपछि मार्को असेन्सियोको गोललाई रेफ्रीको गलत निर्णयले रद्द गरिएको थियो । 

जीतसँगै जिनेदिन जिदानको टोली चौँथो स्थानमा उक्लिएको छ । ४ खेलमा २ मा जीत र २ मा बराबरी गरेको रियल शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा ४ अंकले पछि रहेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप