शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बार्सिलोनालाई धक्का : नयाँ खेलाडी डेम्बेले चार महिनाबाहिर

सोमबार, ०२ असोज २०७४, १० : १९
सोमबार, ०२ असोज २०७४

बार्सिलोना । बार्सिलोनका फरवार्ड ओसमान डेम्बेले ह्यामस्ट्रिङ्गमा चोटका कारण चार महिना मैदान बाहिर रहने भएका छन् ।

क्लबका किर्तिमानी अनुबन्ध गत शनिबार गेटाफेविरुद्धको जीतमा घाइते भएका थिए ।

उनी अघिल्लो महिनामात्र बार्सिलोना भित्रिएका थिए जसको रकम १३.५ करोड पाउण्ड पुग्ने बताइएको छ ।

क्लबले जारी गरेको विज्ञप्तिमा २० वर्षीय फ्रान्सेली खेलाडीको देब्रे तिघ्रामा चोट लागैको बताइएको छ ।

उनको यही हप्ता फिनल्याण्डमा सर्जरी गरिने पनि उल्लेख गरिएको छ ।

‘उनी कम्मितमा ३ देखि ४ महिना मैदान बाहिर रहने अनुमान छ,’ विज्ञप्तिमा भनिएको छ ।

सो खेलमा डेम्बेले बार्सिलोनका लागि पहिलो पटक शुरुवात गरेका थिए । त्यसअघि उनी अतिरिक्त खेलाडीको रुपमा मात्र मैदान प्रवेश गरेका थिए ।

उनी गेटाफेविरुद्धको खेलमा मात्र २९ मिनेट मैदानमा रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप