बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रामग्राम स्तूपको विकासका लागि छुट्टै कोषको माग

सोमबार, ०२ असोज २०७४, १० : ३९
सोमबार, ०२ असोज २०७४

नवलपरासी -भगवान् गौतम बुद्धको अस्तु धातु रहेको नवलपरासीस्थित रामग्राम स्तूप उजैनीको विकासका लागि विभिन्न चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरिएको छ । 

रामग्राम स्तूप क्षेत्रको विकासका लागि छुट्टै रामग्राम विकास कोषको माग गर्दै रामग्राम स्तूप संरक्षण तथा पर्यटन विकास संस्था नवलपरासीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । 
लुम्बिनी विकास कोषको अधिनमा रहेकाले रामग्राम स्तूप उजैनीको सर्वाङ्गीण विकासमा कोषले चासो नदिएका कारण छुट्टै रामग्राम विकास कोषको स्थापना गर्न आवश्यक रहेको संस्थाका अध्यक्ष शम्भूप्रसाद उपाध्यायले बताउनुभयो । 

वर्षौंदेखि स्तूपको विकासका लागि छुट्टै कोषको माग गर्दै आएको रामग्राम स्तूप संरक्षण तथा पर्यटन विकास संस्था नवलपरासीले घोषणा गरेको चरणबद्ध आन्दोलन सहयोगका लागि जिल्लास्थित राजनीतिक दल, गैरसरकारी संघसंस्था र उद्योगी व्यवसायीसँग आग्रह गरिएको अध्यक्ष उपाध्यायले जानकारी दिनुभयो । 

सरकारले लुम्बिनी विकास कोष मार्फत यस स्तूपको विकासका लागि आवश्यक बजेट विनियोजन गरेपनि कोषले स्तूपको विकासमा चाँसो नदिएका कारण स्तूपको संरक्षण, संम्बद्र्धन सहित प्रचार प्रसार गर्न समस्या भएको छ । 

बौद्ध धर्मको ईतिहास अनुसार यो स्तूप आजभन्दा पच्चिस सय बर्ष पहिला कोलिय राजाद्धारा निर्मित स्तूप हो । शान्तिका अग्रदुत भगवान बुद्धको महापरिनिर्वाण पछि अन्त्येष्टि भएको बचेको अस्थि ९अवशेष० ल्याएर अस्तु कलशमा राखेर यो स्तूपलाई संरक्षण गरिएको धार्मिक शास्त्रमा उल्लेख रहेको जानकारहरु बताउँछन् । 

बौद्ध स्तूप अन्य स्थानमा समेत रहेपनि रामग्राम स्तूप बुद्धको परिनिर्वाण पश्चात विभिन्न राजाले बनाएका विभिन्न आठ स्तूप मध्ये सिगोँ अस्तु भाग रहेको स्तूप हो भने बाकी ७ वटा स्तूपको उत्खनन गराइ तत्कालिन मगध सम्राट अशोक मौर्यले ति अस्थिलाई उत्खनन् गराई विभिन्न देशका राज्यहरुमा पुर्याउन लगाएका थिए । तर रामग्राम स्तूपको उत्खनन उनले स्तूपको सुरक्षार्थ नागजातीको आग्रहमा उत्खनन नगराई दिदा सिगोँ भाग बचेको हो । 

त्यही भएर रामग्राम स्तूप संसारको एक मात्र सिगोँ भाग अस्तु रहेको संरक्षित स्तूप रहेको दावी गरिन्छ । सरकारले स्तूपको विकासका लागि पनि कराडौंको रकम बिनियोजन गरि कोषलाई जिम्मा लगाउदै आएको छ । तर स्तूपको बिकास गर्न जिम्मा पाएको लुम्बिनी विकास कोषले यस स्तूपको बिकास गर्न नखोज्दा स्तूपको विकास हुन नसकेको हो । यस्तै गत आर्थिक वर्षमा राजनीतिक खिचातानीका कारणपनि स्तूपको विकासका लागि आएको रु ७८ लाख रकम फ्रिज भएका रामग्राम स्तूप संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष उपाध्ययले बताउनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप